छठ पर्वसम्बन्धी अन्यौलता हट्यो
कात्तिक २०–
आस्थाको पर्व छठ यसपटक आगामी २२ र २३ गते हुने भएको छ । ज्योतिष गणनाका अनुसार शुक्रबारका दिन षष्ठी तिथि बिहानैदेखि सुरु भई शनिबार बिहानसम्म मनाइने छ ।
पण्डित गणेश झाले शुक्रबारका दिन साँझको अर्घ र शनिबारका दिन ७ बजेर ३८ मिनेटपछि बिहानको अर्घ दिइने बताए । विभिन्न क्यालेन्डरहरूमा षष्ठी तिथि शनिबारका दिन उल्लेख गरिएका कारण छठ मनाउने सन्दर्भमा केही अन्यौल देखिए पनि ज्योतिष गणनाअनुसार शुक्रबार र शनिबारका दिन नै छठको थिति भएको उनको भनाइ छ । पहिला तराई क्षेत्रमा मात्रै सिमित रहेको यो पर्व अहिले राजधानीलगायत पहाडी क्षेत्रहरूमा पनि उत्तिकै लोकप्रिय हुँदै आएको छ ।

Post a Comment