रौतहट २ का उम्मेदवार इसराजुलको निधन
कात्तिक १६ -
नेपाल सदभावना पार्टी युनाइटेड रौतहट क्षेत्र नम्वर २ का प्रत्यक्ष तर्फका उम्मेदवार शेख इसराजुलको निधन भएको छ ।
शुक्रवारराती ९ बजे खाना खाएर सुतेका इसराजुलको ओछ्यानमै निधन भएको हो ।
रौतहट प्रिपा भगवानपुर गाविसका ५९ बर्षका इराजुलको शवलाई पोष्ट मार्टमका लागि गौर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी नायव निरीक्षक शोभनबिक्रम राणले जानकारी दिनुभयो ।
Post a Comment