0

भाषण गर्दागर्दै स्वर सुक्यो उम्मेदवारको


 कात्तिक १६ –
चुनावी अभियानमा रहेका इलामका उम्मेदवारको भाषण गर्दा गर्दा स्वर सुकेको छ ।
दशैं लगत्तै गाउँ डुल्दै मतदाताको घरदैलो चहारेर भाषण गर्न थालेका एमाले अध्यक्ष झलनाथ खनाल, संविधानसभा पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वराज्य मन्त्री केशव थापाको स्वर भासिए पनि चुनावी सभालाई सम्बोधन गरिरहेकै छन् ।
तीन निर्वाचन क्षेत्र रहेको इलाममा १७ दलका ३९ उम्मेदवार चुनावी दौडाहामा व्यस्त छन् । क्षेत्र नम्बर १ का एमाले उम्मेदवार खनाल सुकेको स्वरले जिर्मले गाविसको सभा सकेर तिहारमा राजधानी फर्किने योजनामा हुनुहुन्छ । १५ गाविस समेटिएको सो क्षेत्रमा खनालले एकै दिन चारवटासम्म सभालाई सम्बोधन गरेकाले स्वर भासिएको जनाएका छन् ।
क्षेत्र नम्बर २ का एमाले उम्मेदवार नेम्वाङ भासिएको स्वर लिएर अझै तीन दिन चुनावी दौडमा सामेल भएपछि मात्र तिहार मनाउदै हुनुहुन्छ । नेम्वाङ शनिबार सिद्धिथुम्का गाविसमा घरदैलो गर्दैछन् ।
आफ्नो क्षेत्रका १६ वटै गाविसको एक चक्कर लगाइसकेका उनको बिहान उठेदेखि राती नसुतुञ्जेल कार्यकर्ता र मतदातामाझ बोल्न भ्याई नभ्याई हुँदा पहिलेभन्दा स्वर सुकेको हो ।
तिहार सुरु हुदै गर्दा बढेको चिसो, व्यस्त दैनिकी र दिनभर बोलिरहनुपर्ने हुदा स्वर सुकेको उम्मेदवारहरु बताउँछन् । स्वास्थ्यको निकै ख्याल गर्दा गर्दै पनि चुनाव प्रचारमा सधैं यसैगरी स्वर भासिने उनीहरुको भनाई छ ।
हरेक साँझ नुन हालेको मन तातो पानीले कुल्ला गर्दै घाटी सफा गरे पनि भासिएको स्वर ठीक नभएको उम्मेदवारहरु भनाई छ

Post a Comment

 
Top