0

तिहार सकिएलगत्तै तात्यो चुनावी माहोल



 कात्तिक २० –
 तिहार सकिए लगत्तै चुनावी माहोल फेरि तातेको छ । चुनाव प्रचारलाई तिहारको भेटघाटमा केन्द्रित गरेका राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारले घरदैलो अभियानलाई फेरि तिव्रता दिएका छन् ।
चुनाव आउन अब १३ दिन मात्रै बाँकी रहेकाले सबैको ध्यान चुनावी वातावरणमै केन्द्रित भएको छ । सरकारले मंसिर ४ को चुनाव स्वच्छ, निष्पक्ष र  भयरहित वातावरणमा हुने भएकाले ढुक्क हुन सबैसँग आग्रह गरेको छ ।
 सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले चुनावी सुरक्षाको लागि सरकारले आवश्यक सबै तयारी पूरा गरिसकेको बताउनुभएको छ ।
शान्तिपूर्ण रुपमा बहिष्कार गर्ने अधिकार भएपनि कानुन उल्लंघन गर्ने छुट कसैलाई नभएकोले त्यस्तो कार्य गर्नेमाथि सरकार कडा ढंगबाट प्रस्तुत हुने उहाँले चेतावनी दिनुभयो ।
यस्तै निर्वाचन आयोगका आयुक्त डाक्टर अयोधिप्रसाद यादवले पनि मंसिर ४ को चुनावका लागि सबै तयारी पूरा भैसकेको बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले चुनावका लागि आवश्यक सामग्री जिल्लाजिल्लामा पठाउने काम भैरहेको जानकारी दिनुभयो ।
तिहारको बेला आचारसंहिता उल्लंघनको घटना नभएको भन्दै उहाँले आचारसंहिता पालनामा सबैको ध्यान जान थालेको बताउनुभयो

Post a Comment

 
Top