0

एकीकृत माओवादीको चुनाव लक्षित मेची महाकाली अभियान सुरु

 कात्तिक २० –
 एकीकृत नेकपा माओवादीले बुधबारदेखि संविधानसभा चुनावलाई लक्षित गरी मेची महाकाली अभियान सुरु गरेको छ । झापाबाट सुरु हुने अभियानको बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चुनावी सभालाई सम्बोधन गर्न एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु  डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बुधबार बिहान झापाको काँकडभिट्टा आएका छन् । तीन नेताले बिहान यहाँको चुनाबी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
बुधबार नै यस्ता सभा माओबादीले झापाको बिर्तामोड, दमक, मोरङका उर्लाबारी, पथरी, बेलबारी, बिराटनगर लगायतका आठ ठाउँमा आयोजना गरेको छ । एक हप्तापछि सुदरपश्चिमको महेन्द्रनगर पुगेर माओबादी नेतृत्वको यो चुनावी दौडाह सकिने एकीकृत माओवादीले जनाएको छ ।
आउँदो २७ गतेसम्म चल्ने मेची महाकाली अभियानमा संविधानसभा चुनावको प्रचारप्रसार र आफ्ना एजेण्डा नागरिकसामु राखिने नेता नारायणप्रसाद दाहालले बताउनुभयो । संविधानसभा चुनावलाई सफल पार्न सुरु गरिएको अभियान अन्तर्गत सभा, गोष्ठी, छलफल, घरदैलो, प्रशिक्षण लगायतका कार्यक्रम तय गरिएको माओवादीले जनाएको छ । 

Post a Comment

 
Top