0

उम्मेदवारमाथि आक्रमण हुँदा पनि सरकार चुप बस्यो: माओवादी

 कात्तिक १६ –
 एकीकृत नेकपा माओवादीले आफ्ना उम्मेदवारमाथि आक्रमण हुँदा पनि सरकार मौन बसेको आरोप लगाएको छ ।
पार्टी कार्यालय कोटेश्वरमा भएको नियमित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले उम्मेद्वारमाथि दिनदहाडै आक्रमण हुँदा पनि सरकार मौन बस्नु आश्चर्यको विषय भएको टिप्पणी गर्नुभयो ।
उम्मेद्वारमाथि आक्रमण हुँदा पनि सरकाले अज्ञात समूह भन्दै पन्छिरहेको उहाँको आरोप छ । ‘त्यो अज्ञात समूह भनेको को हो ?’ सापकोटाले भन्नुभयो ‘तत्कालै अनुसन्धान गरेर सरकारले त्यस्लाई कारवाही गर्नुपर्‍यो ।’
उहाँले सुरक्षा व्यवस्था चुस्त दुरुस्त र कडा बनाउन पनि आग्रह गर्नुभयो । माओवादी कार्यकर्तामाथि पनि आक्रमण भइरहेको भन्दै सापकोटाले त्यो गम्भीर विषय भएको बताउनुभयो ।
अर्को सन्दर्भमा उहाँले मन्त्रिपरिषद्बाट मनोनित गर्ने २६ सिटमा नेकपा माओवादीलाई सिफारिस गर्ने प्रस्ताव गरेको तर अझै टुंगो लागि नसकेको बताउनुभयो ।

Post a Comment

 
Top