साउदीमा धरपकड र दूतावासको फोनः
साउदीमा आममाफी सकिए लगत्तै हजारौंको संख्यामा अनडकुमेन्टेड कामदारहरूको धरपकड (गिरफ्तारी) भैरहंदा नेपाली कामदारहरूलाई सुरक्षा र सहयोग पुर्याउन यहांको नेपाली दूतावास फेरि तात्तिनुपर्ने, खट्नुपर्ने, सहयोगी बन्नुपर्ने बेला हो यो तर “दूतावासका फोनै उठ्दैनन, उठिहालेपनि वास्तै गर्दैनन” भन्ने जनगुनासो फेरी ह्वात्तै बढेको छ । साउदीमा बिभिन्न एरियाहरूको एरिया कोड परिवर्तन भएको महिनौं बितिसक्दा पनि दूतावासको वेभ साइट (सूचनाको एकमात्र आधिकारिक स्रोत) मा नयां कोड अपडेट नहुंदा पनि दूतावास जनसेवामा गम्भीर नबनेको भन्ने देखिन्छ, दूतावास रहेको रियादको कोड ०११ हुनुपर्नेमा अझैपनि पुरानै ०१ नै राखिएको छ ! जेद्धामा कन्सुलेट सेवा शुरू भएको बताइएको छ, तर खटिएका कन्सुलरलाई अझै पनि रियादकै निबासमा रहेको देखाइएको छ, जेद्धाको कन्सुलेटको अफिसियल सम्पर्क नम्बर नै सार्बजनिक गरिएको छैन । कतिलाई सामान्य लाग्ला तर जनसरोकारका यस्ता गम्भीर र महत्वपूर्ण बिषयहरूमा नेपाली दूतावास साउदी अरबको तत्काल ध्यान जाओस ।

Post a Comment