0

आईजीपी वन्तका कारण एक सय ४० जना सशस्त्र प्रहरी कर्मचारी स्याट पास गरेर पनि मिसन जान पाएनन

आईजीपी वन्तका कारण एक सय ४० जना सशस्त्र प्रहरी कर्मचारी स्याट पास गरेर पनि मिसन जान पाएनन
रोशन खड्का
-शसस्त्र प्रहरीका आइृजीपी कोषराज वन्तका कारण वलका १ सय ४० भन्दा बढी  हवल्दारदेखी एसएसपी सम्म का अधिकृतहरुले स्याट पास गरेको २४ महिना वितिसक्दा पनि मिसनमा जान पाएका छैनन् । आइृजीपी वन्तले आफुले कमाएको अकुत सम्पत्ती बचाउनकालागी एक हजारबढी वलका कर्मचारीको भविष्यमाथी खेलवाड गरेका छन । युएनको नियमअनुसार स्याट पास गरेको १८ महिना र थप हुने ६ महिना सोमबार सकिएको छ । स्याट पास गरेर बसेका वलका कर्मचारीहरुले पुनः मिसनमा जान स्याट पास गर्नुपर्ने भएको छ । वल नेतृत्वबाट पहल नपुगेर मिसन जान वन्चित भएको जानकारहरुले बताएका छन । स्याट पास गरेका वलका कर्मचारीहरुको हितकालागी काम गर्नु पर्ने समयमा अवैध सम्पत्ती आर्जन गरे वाफत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आफ्नो पक्षमा फैसला गर्न लागेका कारण वलका कर्मचारीहरुले निरासा वेहर्नु परेको छ । स्याट पास गरेर युएन मिसनमा जाने कर्मचारीले कम्तिमा ४० लाख रुपैंया रकम लिने गर्दछन ।

Post a Comment

 
Top