कुन नेता कतातिर ?
आसन्न संविधानसभा निर्वाचनको प्रचारका लागि शीर्ष नेताहरु देश दौडाहामा लागेका छन् । आफ्नो र दलको पक्षमा चुनावीे नतिजा पार्न जोडतोडकासाथ लागिपरेका दलका सबैजसो नेताहरु आज पनि दिनभर व्यस्त रहने कार्यक्रम रहेको छ । कोही नेता आफ्नै निर्वाचन क्षेत्रको मतदाताको माझमा रहने छन् भने कोही अन्य क्षेत्रको चुनावी सभामा सहभागि हुँदैछन् । शीर्ष नेताले सार्वजनिक गरेका आजको कार्यक्रमको तालिका यस्तो छ ः
प्रचण्ड,अध्यक्ष, एमाओवादी
आज तीन जिल्लामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम । बिहान ११ बजे डोल्पाको दुनैमा हुने आमसभालाई सम्बोधन । यस्तै, दिउँसो १ बजे दैलेखमा हुने आमसभालाई सम्बोधन र दिउँसो ३ बजे सुर्खेतमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय । त्यस क्षेत्रमा कार्यकर्तासँग भेटघाट ।
बाबुराम भट्टराई,बरिष्ठ नेता, एमाओवादी
गोरखाबाट काठमाडौं आएर झापा जाने कार्यक्रम । झापामा हुने चुनावी सभा र अन्य विभिन्न चुनावी कार्यक्रममा सरिक हुने कार्यक्रम ।
नारायणकाजी श्रेष्ठ,नेता, एमाओवादी
गोरखाको क्षेत्र नम्बर २ र ३ को सीमामा पर्ने मुचुक गाविसको चनौटे भन्ने स्थानमा आयोजना हुने चुनावी सभालाई दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम । सो कार्यक्रम सकेलगत्तै मकवानपुर प्रस्थान गर्ने कार्यक्रम ।
सुशील कोइराला–सभापति, नेपाली कांग्रेस
नेपालजन्ज तथा बाँकेको आफ्नै निर्वाचन क्षेत्र ३ मा कार्यकर्तासँग भेटघाट । विभिन्न चुनावी कार्यक्रममा सरिक, घरदैलो सहभागी हुने कार्यक्रम ।
शेरबहादुर देउवा–बरिष्ठ नेता,नेपाली कांग्रेस
कैलालीको आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत रहेको मनेरास्थित मुक्त कमैया शिविरमा बिहानैदेखि घरदैलोमा सहभागि,मुक्त कमैयासँग अन्तरक्रिया । यसैगरी कैलालीकै घोर्सेना र एअरपोर्ट क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम । दिउसो कैलालीको भजैनीमा हुन गइरहेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम ।
झलनाथ खनाल,एमाले अध्यक्ष
इलाम क्षेत्र नं. १ को गोदक गाविसका विभिन्न वडामा बिहानैदेखि कार्यकर्तासँग भेटघाट । घरदैलो अभियान, बिभिन्न चुनावी सभालाई सम्बोधन र गाविसस्तरिय प्रचार प्रसारमा सक्रिय हुने ।
माधब नेपाल ,एमाले बरिष्ठ नेता
रौतहटबाट काठमाडौं आउने कार्यक्रम,काठमाडौं आए लगत्तै दिउँसो १२ बजे आफ्नै निर्वाचन क्षेत्रमा बुद्धिजिवीलगायत कार्यकर्तासँग भेटघाट । त्यसलगत्तै दिउँसो २ बजे थलीमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम ।
केपी ओली ,एमाले बरिष्ठ नेता
काठमाडौंकै बिभिन्न कार्यक्रम र भेटघाटमा सरिक हुने । मुलुकभरको चुनावी अवस्थाबारे आफ्नै कार्यकर्ता तथा नेतासँग छलफल गरी चुनावी आँकलन गर्ने कार्यक्रममा सरिक हुने कार्यक्रम ।

Post a Comment