आचारसंहित्ता उल्लंघन गर्नेलाई कडा कारवाही गरिने — आयुत शर्मा
निर्वाचन आयोगका आयुतm ईला शर्माले निर्वाचन आचारसंहित्ता उल्लंघन गर्ने जो कोहीलाई कडाकारबाही गरिने बताउनुभएको छ ।
निर्वाचन गतिविधिको अनुगमनका क्रममा आज चितवन आईपुग्नु भएका शर्माले पत्रकारहरुसँगको संक्षिप्त कुराकानीको क्रममा यस्तो बताउनुभएको हो । आचारसंहित्ता उल्लंघन घटनाको उजुरीहरुको आवश्यक छानविन गरि कारवाहीका लागि सरकार समक्ष सिफारिस गरिने आयुक्त शर्माले बताउनुभयो ।
साथै उहाँले गल्ति गर्नेलाई चेतावनी दिएको र दोस्रा पटक पनि गल्ति दोहो¥याए आयोग कार्बाहीको प्रक्रियामा जान बाध्य हुने बताउनुभयो । निर्वाचन आयोगले यसपटकको निर्वाचनमा लैङ्गिक अनुगमन र शुष्मा अनुगमन थप गरि शुष्मा अनुगमनका लागि २ हजार भन्दाबढी कर्मचारी खटाईने उहाँले जानकारी दिनुभयो ।
चितवन जिल्लाको निर्वाचन गतिविधिका क्रममा आयुतm शर्माले आज पश्चिम चितवनका क्षेत्रमा अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा निर्वाचन आचारसंहित्ता उल्लंघनका गम्भिर घटनाहरुभएको भएपनि त्यो सामान्य रहेको र राजनैतिक दलहरु अनुशासित देखिएको आयुतm शर्माले बताउनुभयो ।
आयुतm शर्मा मध्यमाञ्चल क्षेत्रमा निर्वाचन गतिविधिको अनुगमनको क्रममा हिडिरहनु भएको छ । साथै आयुतm शर्माले सुरक्षा व्यवस्था कडा भएको भन्दै मतदाताहरुलाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नु भयो ।
Post a Comment