0
मोटो हुनको लागि यति धेरै मेहनत !!!!! आखिर किन ?मोटो हुनको लागि यति धेरै मेहनत !!!!! आखिर किन ?
 कार्तिक १८–
अहिलेको आधुनिक समाजमा प्राय मानिसहरुले माटो भन्दा पनि पातलो मानिसहरुलाई नै मनपराउने गर्छन् । तर एउटा यस्तो ठाउँ पनि छ, जहाँ मोटो मानिसलाई नायक ( हिरो ) मानिन्छ । यहाँको मानिस मोटो हुनको लागि नै निकै मेहनत पनि गर्ने गर्छन ।
 
इथोपियाको बोडी आदिवासीमा एक प्रतियोगिताको आयोजना गरिने गर्छ, जुन प्रतियोगिताको ६ महिना भित्र मोटो हुनुपर्ने नियम छ । प्रतियोगितामा जो व्यक्रि ६ महिना भित्र मोटो हुन सक्छ, त्यही व्यक्तिलाई विजेता घोषित गरिन्छ ।
 
विजेतालाई अरु केही उपहार नभई जिन्दगी भर हिरोको उपाधि दिइने गर्छ । यस प्रतियोगितामा हर घरको एक अविवाहित युवक सहभागि हुन सक्छन् । यस प्रतियोगितामा सहभागि हुँदा कही कतै जान नपाउने र शारीरिक सम्बन्ध पनि राख्न नपाउने नियम छ ।
 
यस प्रतियोगितामा मानिसहरु यति मोटो पनि हुन्छन् कि हिड् डुल गर्न पनि निकै गाह्रो हुन्छ । यस प्रतियोगितामा विजेता भएपनि ती युवकहरु पुनः आफ्नो तौल घटाउने गर्छन् र आफ्नो सामान्य जिन्दगी जीउन सुरु गर्छन् ।

Post a Comment

 
Top