काठमाडौको मातातीर्थमा वाईसीएल र कांग्रेस कार्यकर्ताबीच झडप
कार्तिक १८ ।
एकिकृत नेकपा माओवादीले काठमाडौ उपत्यकाको आफ्नो बलियो आधार इलाका भन्ने गरेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा आज एकीकृत नेकपा माओवादी कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा कम्तिमा ८ जना घाइते भएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १० मा एमाओवादी अध्यक्ष प्रचण्डसँगै कांग्रेसका राजेन्द्र केसी र एमालेका सुरेन्द्र मानन्धर चुनावी मैदानमा छन् र यसपटक प्रचण्डको चुनावी पोजीसन निकै कमजोर आंकलन गरिएको छ ।
सोही निर्वाचन क्षेत्र नम्बर १० अन्तरगतको मातातीर्थमा चुनावी प्रचारका क्रममा आज वाईसीएल कार्यकर्ताले कांग्रेसको चुनावी प्रचार टोली माथि आक्रमण गर्दा कांग्रेसका ४ कार्यकर्ता घाइते भएका छन् । लगत्तै भएको प्रतिकारात्मक झडपमा वाईसीएलका चार कार्यकर्ता घाइते भएका छन् । कांग्रेस उम्मेदवार राजेन्द्र केसीले भने वाईसीएलले फेरि आक्रमण गर्न खोज्दा प्रतिकार गरेको दावी गरेका छन् ।
वाइसीएल प्रवक्ता दिपशिलाले भने शान्तिपूर्ण रुपमा देउसी भैला खेलिरहेका वेला माओवादी कार्यकर्तामाथि विक्रम श्रेष्ठसहितका कांग्रेस कार्यककर्ताले आक्रमण गरेको आरोप लगाउनु भयो । उहाँका अनुसार आक्रमणमा १० जना घाइते भएका छन् । उनीहरुमध्ये २ को अवस्था गम्भीर छ । गम्भीर २ जनाको बागेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

Post a Comment