सशसत्र प्रहरी वलले आफ्नौ स्थापनाको १३ औ वर्ष गांठ मनाएको छ । लाखौ रुपैंया खर्च गराएर मनाइएको सो वर्ष गांठमा नेपाली कांग्रेसका पुर्व उपसभापति गोपालमान श्रेष्ठ र एमाओवादीकि नेतृ हिसिला यमीले आईजीपी कोषराज वन्तको लाजबजाई दिएका छन । सबै पार्टीका शिर्ष नेताहरुलाई आमन्त्रण गरिएको सो पार्टीमा राजधानीमै भएका कुनै पनि नेताले वन्तको निमन्त्रणालाइ स्विकार गरेनन । हिसिला आफ्नो निर्वाचन क्षेत्र काठमाण्डौ ७ मा घरदैलो गरिरहेका बेला वन्तले उपस्थितिकालागी अनुनय बिनय गरेपछि वन्तको पार्टीमा हलचोक पुगेकि थिईन भने पार्टीमा काम विहीन रहेका गोपालमानले पनि समय काट्ने मेलोमा वन्तको पार्टीमा सहभागि बने । एक सय भन्दा बढी शिर्ष नोहरुलाई आमन्त्रण गरिएको सो रात्री भोजमा आफ्नो लाज दिएको भन्दै आईजीपी वन्तले नेता श्रेष्ठ र नेतृ यमीलाई धन्यवाद दिएका थिए ।
उता कार्यक्रममा राजनितिक नेताहरुको उपस्थितिले खल्लो हुने भएपछि कोषराजले अन्नपूर्ण पोष्ट तथा सिम्रिक एयरका मालिक रामेश्वर थापालाई कार्टुन बनाएका छन । सशस्त्र प्रहरी वलका अधिकृतहरुले बिना अर्थको सम्मान दिएर थापालाई कार्यक्रममा कार्टुन बनाएको बताएका छन । तत्कालिन श्री ५ को सरकारबाट मागेजति पैंसा लिएर माओवादी विरुद्धको सुरक्षा अप्रेसनमा सिम्रिक एयरको हेलिकोप्टर उडाएको भन्दै वन्तले १३ औ एपीएफ डे मा थापालाई सम्मान गरेपछि सिपाहीसम्मले औला टोकेका थिए । भएको के रहेछ भने अन्नपूर्ण पोष्टमै कार्यरत चुडामणी भट्टराईले आईजीपी वन्तलाई तपाइृको पक्षमा समाचार लेख्न सजिलो हुने भन्दै मालिक थापालाई जुनसुकै बहाना बनाएर भएपनि सम्मानित गर्नु पर्ने र त्यसो गर्दा दुबैको भलो हुने भन्दै योजना बनाएपछि भट्टराईकै योजना अनुसार आईजीपी वन्तले द्धन्द्धकालमा जोखिम मोलेर हेलिकोप्टर उडाएको बहाना बनाएर सम्मान थाप्न लगाए । थापाको सम्मानपछि एपीएफ भित्र ठूलो हंगामा भएको छ । एपीएफका कर्मचारीहरुले थापाले द्धन्द्धकालमा उत्कृष्ट कार्य गरेकै भए द्धन्द्ध सकिएको दश वर्षसम्म किन सम्मान गरेन वा उनले गरेको काम किन देखेन भन्दै कानेखुसि गर्दै थिए । उनिहरुले पनि आफु अनुकुल समाचार सम्प्रेषण गर्न सकिलो हुने भन्दै थापालाई सम्मान गरेको लख काटे ।
उता नेताहरु जस्तै दर्जनौ पत्रकारहरुले पनि आईजीपी वन्तको निमनत्रणालाई अस्विकार गरेका छन । ठूला तथा साना मिडियामा कार्यरत पत्रकारहरु कोहि पनि वन्तले बोलाएको रात्री भोजमा सहभागि भएनन । भोजअघि साना तथा ठूला मिडियाका पत्रकारहरुलाई आफुले भने जतिकै पैसा दिएको र कसैले पनि आफुले गरेका नजायज कामका विरुद्ध समाचार नछाप्ने बरु आफ्ना विरुद्ध जानेलाई जुनसुकै मिडियामा समाचार प्रकासित गरेर घर न घाटको बनाई दिने भन्दै धम्कि दिदै आई रहेका थिए । तर उनै आईजीपी वन्तले बोलाएको कार्यक्रममा पत्रकारहरु उपस्थित नभएको देख्दा एपीएफकै कर्मचारीलाई आईजीपी प्रति दया जागेको थियो । रात्रीभोजमा सहभागी भएका केहि एपीएफका कर्मचारी भन्दै थिए संगठनको ख्याल राखेर मात्रै आएको आईजीपी भनेको त एउटा गुटको मात्रै हो उसले सिंगो संगठनको नेतृत् वगर्न सक्दैन । किनकि उसको क्षमता नै त्यति हो ।
र अन्त्यमा ५१ जना भन्दाबढी मान्छे भेला गराई भोजभतेर गर्न नपाउने सुचना जारि गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेविहीबार राती एपीएफ हेडक्र्वार हलचोकमा भेला भएका व्यक्तिहरुको बारेमा गोप्य रुपमा सुचना संकलन गरेको छ । अख्तियारले प्रमुख आयुक्त लोकमानसिह कार्की चीन भ्रमणबाट फर्केपछि यस विषयमा अन्तिम निर्णय गरिने बताएको छ । सो भोजमा सहभागि नेपाल सरकारकै मुख्य सचिव जो गृहसचिव हुदा अघिल्लो वर्ष नेपाल प्रहरी र सशस्त्र प्रहरी वल कुनै पनि संगठनका पार्टीहरुमा मदिरा नराख्न हुईप जारी गरेका थिए उनै व्यक्ति मुख्यसचिव भएका लीलामणी पौड्यालले सोहि पार्टीमा मदिारालाई नजिकबाट नयिाल्दा पनि चुईक्क किन बोल्न नसकेका हुन सबैको प्रश्न उनिप्रती पनि मोडिएको छ जवाफ देलान हेर्न बांकि छ ।
Post a Comment