नेतालाई सघाउने डनहरु कस्ता छन् ?
चुनावी अभियानमा रहेका नेताहरुले डनहरुलाई आफ्नो सारथि बनाएका छन् । डनहरुलाई चुनावी अभियानमा लिएर हिँड्नेमा कांग्रेस एमालेका नेताहरु अगाडि छन्। डनहरु चुनावी प्रचारमा लाग्ने क्रम तिहारपछि अझै बढ्ने सुरक्षा निकायको आँकलन छ ।
लामो समयदेखि कांग्रेसनिकट डनका रुपमा चिनिएका कुमार घैँटे कांग्रेस नेताहरुलाई सघाउन नुवाकोट र काठमाडौंमा हिँडेका छन् । बालाजु क्षेत्रका डनकारुपमा चिनिने माइला लामालगायत पनि नुवाकोटमा कांग्रेसको पक्षमा लागेका छन् । घैँटे नुवाकोट १ मा प्रतिस्पर्धा गरिरहेका कांग्रेस नेता अर्जुननरसिंह केसीको चुनावी प्रचार अभियानमा छन् । नुवाकोट २ कै कांग्रेसका अर्का उम्मेदवार रामशरण महतलाईसमेत उनले सहयोग गरिरहेका छन् । काठमाडौं ४ को चुनावी मैदानमा रहेका कांग्रेसका युवा नेता गगन थापलाई पनि घैँटेले सघाइरहेका छन् ।
कांग्रेसनिकट ललितपुरका डन मीनकृष्ण महर्जन पार्टी उम्मेदवार उदयशम्शेरको चुनावी प्रचारमा सक्रिय छन् । राणा ललितपुर १ का उम्मेदवार हुन् । तर, राणा र महर्जनबीच लामोसमयदेखि तिक्ततापूर्ण सम्बन्ध छ। पार्टीको कारबाहीबाट बच्न उनी राणाको चुनावी अभियानमा हिडेका हुन् । कांग्रेसको प्रचार कार्यक्रममा हिँडिरहे पनि उनले राप्रपाका नेता केशरबहादुर बिष्टलाई अप्रत्क्षरुपमा सघाइरहेको स्रोत बताउँछ । अर्का डन सञ्जिव लामा स्याल काभ्रे कांग्रेसका चुनावी कार्यक्रममा व्यस्त छन् । काभ्रे २ का उम्मेदवार शिव हमागाईलाई जिताउन उनी सक्रिय छन् । पहिला काभ्रेली समूहसँग हिड्ने केही केटा काभ्रेकै कांग्रेस उम्मेदवार तर्थ लामाको पछाडि लागेका छन् । विष्णु लामा, दावा लामालगायत तीर्थ लामाको पछाडि छन् ।
त्यस्तै उखान शिरोमणीका रुपमा चर्चित एमाले नेता केपी शर्मा ओलीको चुनावी माहोललाई तताउन विवादास्पद डन पशुराम बस्नेत दिनरात नभनी खटिरहेका छन् । ओलीकै हातबाट टिका लगाएर एमाले प्रबेश गरेका अर्का डन साजन महर्जन एमाले काठमाडौं ६ का उम्मेदवार योगश भट्टराइको पल्ला भारी पार्न लागेका छन् । उनी सो क्षेत्रको युवा परिचालन कमिटिको उपसंयोजकनै छन् । एमालेकै अर्का नेता राजेन्द्र पाण्डे निकट मानिने डन दिनेश अधिकारी चरी पाण्डकै क्षेत्र धादिङ ३मा सक्रिय छन् । काभ्रे २ मा फोरम लाकतान्त्रिकको तर्प्कबाट चुनाव लडेका डन गणेस लामाको चुनावी प्रचारमा अर्का डन दीपक मनाङ्गे खटिरहेका छन् । उनले लामाका लागि चन्दा समेत उठाइरहेका छन् ।
Post a Comment