चुनावपछि राष्ट्रपति र उपराष्ट्रपतिको आयु दलहरुको हातमा'
कार्तिक १८ -
उपराष्ट्रपति परमानन्द झाले दलहरुले चाहँदा सम्म राष्ट्रपति रामवरण यादव र आफू पदमा कायम रहने स्पष्ट पारेका छन् । उनले अहिलेसम्म मुलुक संबैधानिक हिसावमाभन्दा पनि राजनीतिक दलको सहमतिको आधारमा चलेकोले दलहरुले चाहँदासम्म आफूहरु पदमा कायम रहने बताए ।
'मुलुकमा संविधानका कुरा एकातिर छन् । राष्ट्रपति र दलहरुको निर्णय एकातिर छ । संविधानको आधारमा केही भएको छैन,' रिपोर्टर्स क्लवको साक्षात्कारमा सोमबार उनले भने, 'दलहरुको सहमतिको आधारमा मुलुक अघि बढेको छ त्यसैले दलहरुले चाहँदासम्म हामी पनि रहन्छौँ ।'
उपराष्ट्रपति झाले पछिल्लो पटक संविधान संसोधन संविधान अनुसार नभई दलहरुको आग्रहको आधारमा भएकोले आफूहरुको कार्यकालको विषयमा संविधानमा के लेखिएको छ भन्ने कुराको कुनै अर्थ नहुने बताए । झाले थपे, 'अब भविष्यमा पनि संविधान अनुसार चल्छ जस्तो लाग्दैन ।'
आफ्नो कार्यकालभित्रै संविधान बनोस् भन्ने चाहना भए पनि कार्यकाल लम्ब्याउने चाहना आफूहरुको नभएको भन्दै उनले कार्यकाल जे भए पनि संविधानसभाको निर्वाचन समयमै होस् भन्ने आफ्नो चाहना ब्यक्त गरे ।
निर्वाचन बहिस्कार गर्ने नेकपा-माओवादीको पक्षमा देश नभएको भन्दै उनले कालान्तरमा उनीहरु आफैँ बहिस्कृत हुने दाबी गरे । 'उनीहरु नआउँदा देशलाई घाटा छैन,' उनले भने, 'उनीहरुलाई नै सबै भन्दा धेरै घाटा छ ।'
बातावरण बनाउन अभियान सुरु गरेकेा र यो अभियान निर्वाचन अवधी भर निरन्तर जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
Post a Comment