दियोको बिक्री बढ्यो
उज्यालोको पर्व तिहारको अवसरमा यहाँ माटोका सामग्रीको बिक्री तीव्र रूपमा भइरहेको छ ।
लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म घरमा दियो बाल्नुपर्ने भएकाले नै मानिसहरूले यी सामग्री खरिद गर्ने गरेका छन् । माटोका सामग्रीमा दियो, चारमुखी, कलसजस्ता सामान अत्यधिक बिक्री हुने गरेको छ ।
माटोका भाँडावर्तन बनाउने पेसा अङ्गालेका कुमालेले तीन महिना पहिलेदेखि सामान बनाउने र पर्व नजिक आएका बेला बजारमा लगेर बिक्री गर्ने गरेको व्यापारी सौदागर पण्डितले बताए । पण्डितले विराटनगरमा अहिले १२ हजार दियो, २०० चारमुखी, १५० घैला र ३०० थान गमला बिक्री गर्न ल्याएका छन् ।
दियो केही दिन पहिले एक सयको रु ७० मा बिक्री हुन्थ्यो भने अहिले एक सयको रु १०० मै बिक्री भइरहेको बताइएको छ । बजारमा आपूर्तिभन्दा पनि माग बढेकाले दियोको मूल्य बढेको व्यापारीहरू बताउँछन् ।
यस्तै कलश जोडीको रु ३०, गमला प्रतिगोटा रु ८० र चारमुखी रु १० मा बिक्री भइरहेको छ ।
यी सामान बिक्री गर्न विराटनगरमा २०० भन्दा बढी व्यापारी आएका छन् भने कतिपय व्यापारी भारतीय पनि छन्
Post a Comment