Latest News

0

वैज्ञानिक बज्राचार्य रहेनन्1

— वैज्ञानिक दयानन्द बज्राचार्यको ६९ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वाससम्बन्धी जटिल खालको ब्रोङ्केलाज्मा रोगबाट पीडित उनको निधन भएको हो।
'११ बजेतिर अस्पताल पुर्‍याइएका उनलाई हामीले हेर्दा पहिलै निधन भइसकेको थियो', अस्पतालका अध्यक्ष डाक्टर भोला रिजालले  भने- 'फोक्सोसम्बन्धी रोगकै कारण मस्तिष्क वा मुटुमा रक्तसञ्चार आकस्मिक रुपमा बन्द भएर उहाँको निधन भएको देखिन्छ।'
दान गरेका कारण बज्राचार्यका आँखा तिलगंगा आँखा अस्पतालका चिकित्सकले निकालेका छन्। उनको आजै शोभा भगवतीमा अन्त्येष्टि गरिँदैछ।
३१ वर्षको उमेरमा त्रिविको प्राध्यापक भएका बज्राचार्यले ४२ वर्षसम्म अध्यापन पेशामा बिताएका थिए। जर्मनीको फ्राइबुर्ग विश्वविद्यालयबाट फिजियोलोजीमा पिएचडी गरेका उनी सन् १९७५ नेपाल फर्केर अध्यापन र अनुसन्धान पेशालाई निरन्तरता दिएका थिए। उनले नेपालको जंगलमा पाइने अैँसेलु, पैँयु, लब्सी, काफल जस्ता खानयोग्य फलफुलमा पाइने पौष्टिकतत्वबारे अनुसन्धान गरेका थिए। उनका अनुसन्धानात्मक लेख अन्तरार्ष्ट्रिय जर्नलहरुमा प्रकाशित छन्। 
दुई पटकसम्म नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को उपकुलपति भएका बज्राचार्य नागरिक दैनिकमा कोलमिष्ट थिए। २०४८ सालमा उपकूलपति नियुक्त भएका बज्रचार्यले नाष्टमा दुई कार्यकाल बिताएका थिए।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top