0
 तमू ल्होछार मनाउन सुरु
 १४ पुस
तमू (गुरुङ) समुदायको महान् चाड ल्होछारका कार्यक्रमहरु सुरु भएको छ ।  गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार सर्प बर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गर्दै मनाइने तमू ल्होछारका कार्यक्रमहरु शनिबारदेखि नै सुरु भएको हो ।
 
 ल्होछार मूल आयोजक समितिका महासचिव सूर्य गुरुङका अनुसार यसपटकको ल्होछारमा ख्यातिप्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुति समावेश रहेको छ । 
 
त्यस्तै लोकदोहोरी, खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रमको शृङ्खला पनि निरन्तर रहने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रमअन्तर्गत चर्चित नृत्यकारहरुले नृत्य प्रस्तुत गर्नेछन् । 
 
यसअघि ल्होछारका अवसरमा पत्रकारिता पुरस्कार वितरण, मोटरसाइकल ¥याली, ल्होछारबारे बौद्धिक छलफल लगायतका कार्यक्रम सम्पन्न भइसकेका छन् । काठमाडौँमा सामूहिक ल्होछार मनाउन टेकबहादुर गुरुङको संयोजकत्वमा २०१ सदस्यीय ल्होछार मूल आयोजक समिति गठन गरिएको छ । 

Post a Comment

 
Top