0

बैदेशिक राजगारमा जानेहरुको मृत्युदर बढ्यो

120511050839-nepal-dying1-horizontal-galleryकाठमाडौं,पुस १४– बैदेशिक रोजगारमा गएर आर्थिक रुपमा सवल हुने सपना देख्नेहरुको जमात नेपाली समाजमा धेरै छ । त्यही सपनालाई पछ्याउँदै पछिल्लो समयमा नेपालीहरुको गन्तव्य खाडीलगायतका मुलुकहरु बन्ने गरेका छन् । अदक्ष,अर्धदक्ष र दक्ष गरी तीन थरी कामदारहरु बैदेशिक रोजगारमा जाने गरे पनि प्राय अदक्ष र अर्धदक्ष कामदार त्यसतर्फ जाँदा नेपालीहरुको मृत्युदर पछिल्लो समयमा ह्वात्ै बढेको
आजको कारोवार दैनिकका अनुसार दैनिक ३ जनाभन्दा बढीको शव नेपाल भित्रिजे गरेको छ । मंसिरमा मात्रै हालसम्मकै बढी ९९ नेपालीको शव भित्रिएको वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले जनाएको छ । मुख्य श्रम गन्तव्य मलेसिया र खाडी मुलुकबाट यो संख्यामा शव नेपाल भित्रिएको हो । बोर्डका अनुसार यो तथ्यांकले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रमस्वीकृति लिएर गएका कामदारमात्र समेट्छ । बिना श्रमस्वीकृति अवैध ढंगबाट भारतको बाटो वा दुई वर्षको श्रमस्वीकृति सकिएर पुनः नवीकरण नगरेका मृतक कामदारलाई यसमा समावेश गरिएको छैन । अवैध कामदारलाई समेत समावेश गर्दा दैनिक ४ भन्दा बढी शव नेपाल भित्रिने गरेको बोर्ड छ । युवा उमेरका कामदारको यो मृत्युले वैदेशिक रोजगारीमा ठूलो चुनौती थपेको यस क्षेत्रका विज्ञहरु बताउँछन् । चालू आर्थिक वर्षको ५ महिनामा विदेशबाट ३ सय ५२ कामदारको शव नेपाल आएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३३ प्रतिशत बढी हो । गत आवको ५ महिनामा २ सय ६४ कामदारको शव नेपाल आएको थियो । कात्तिकको भन्दा मंसिरको मृत्यु संख्या ६५ प्रतिशत बढेको देखिएको छ । कात्तिकमा ६० कामदारको मृत्यु भएको थियो । सबैभन्दा बढी मलेसियामा कामदारले ज्यान गुमाएका छन् । ५ महिनामा मलेसियाबाट १ सय १० नेपाली युवाको शव भित्रिएको छ । कतारमा ९१, साउदी अरबमा ८९, कुवेतमा २० र संयुक्त अरब इमिरेट्स (यूएई)मा १९ र बहराइनमा ८ जना कामदारको मृत्यु भएको थियो ।

Post a Comment

 
Top