- ३९ बोरा अवैध सुपारी बरामद
पुस १४ –
प्रहरीले सप्तरीबाट भारततर्फ निकाशी हुन लागेको अवैध ३९ बोरा सुपारी बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले छिन्नमस्ता गाविसको मोहनपुरको खेतमा बैलगाडामा लोड गर्न राखिएको अवस्थाबाट सुपारी बरामद गरेको हो ।
- विभिन्न व्यक्तित्वलाई राजोपाध्याय समाजको सम्मान
पुस १४ –
राजोपाध्याय समाजले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई अभिनन्दन गरेको छ । पत्रकारीता, संगीत र खेल क्षेत्रमा योगदान दिएकाहरुलाई सम्मान गरिएको हो ।
- दिसापिसाब हेरेरै चित्त बुझाउँछन् मान्छे
पुस १४ –
‘यो चाहिँ दिसा, उ त्यहाँ पिसाब गरेको रैछ, अलि पर हेर त कति ठूलो पाइला, हो यो चाहिँ बाघको, ..त्यो चाहिँ गैंडाको...’ बर्दिया राष्ट्रिय निकुञ्ज भित्र जाने धेरैले बाटोमा औंला देखाउँदै हिँड्छन् । एकपटक आफ्नै आँखाले बाघ र गैंडा हेर्न पाइयोस् भन्ने धेरैको चाहना हुन्छ ।
- चिडियाखाना व्यवस्थापनको १८ वर्ष पूरा
पुस १४ –
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको १८ वर्ष पूरा भएको छ । यस अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरिएको चिडियाखाना प्रमुख सरिता ज्ञवालीले जानकारी दिनुभयो ।
- १५ वर्षकै उमेरमा आमा बन्छन् चेपाङ युवती
पुस १४ –
धादिङको महादेवस्थान गाविस वडा नम्बर ३ ब्रुसबाङकी सिरमाया चेपाङ भर्खरै १३ वर्षको हुनुभयो । उहाँको विवाह भएको १ वर्ष भइसकेको छ । सिरमायाको विवाह ब्रुसबाङ गाउँकै १६ वर्षका भीमबहादुर चेपाङसँग भएको हो ।
- आगलागी परी आमा र दुई छोराको मृत्यु
पुस १४ -
झापाको सतासीधाम ७ मा शनिबार राति आगलागी हुँदा एकै परिवारका तीनजनाको ज्यान गएको छ । आगलागीमा परी सतासीधाममा डेरा गरी बस्ने मोरङकी ३२ वर्षीया अम्बिका भट्टर्राईसँगै उहाँका दुइ छोरा १३ वर्षीय निकेश र ७ वर्षीय निशानको ज्यान हो ।
- ९ पोका नुन किन्न ३ हजार खर्च
– बाजुरा विछ्याँका जनक थापा घरबाट हिडेको ५ औं दिनमा नुन लिने लाइन बस्न साल्ट ट्रेडिङ कर्पोरेशनको कोल्टी डिपोमा आइपुग्नुभयो । ‘हिन्दा हिन्दा खुट्टा दुखिसके, आज लाइनमा बसेको छु, ९ पोका मात्र नुन दिन्छ रे, त्यसले त पैचो मागेको तिर्न पनि पुग्दैन ।’ उहाँले भन्नुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment