बिग बोसमा १५ हप्ता बसेर करोडपति बनिन् तनिसा
यो शो सकिँदा त्यहाँका सेलिब्रेटिहरुको मोटो रकम जम्मा गरेर घर फर्कने छन् । स्रोतका अनुसार बिग बोसको यस सिजनमा सबैभन्दा धेरै पैसा कमाउनेमा काजोलको बहिनी तनिषा मुखर्जीले सबैभन्दा बढी पैसा कमाउँछिन् । यसैगरी सबैभन्दा कम पैसा कमाउनेमा एली अबराम रहेका छन् । तनिसाले एक हप्ताको करिब ७.५ भारतीय रुपैयाँ कमाउँछिन् । शोको १५ हप्तामा उनले करिब १ करोड ५ लाख ७५ हजार भारतीय रुपैयाँ कमाएकी छिन् । त्यस्तै, पैसा कमाउनेमा दोस्रो स्थानमा गौर खान रहेकी छिन् । उनले एक हप्ताको ६ लाख रुपैयाँ लिन्छिन् । उनले अहिलेसम्म ९० लाख रुपैयाँ कमाइसकेकी छिन् । तेस्रो नम्बरमा भने अरमान कोहली आउँछन् । उनी एक हप्ताको पाँच लाख रुपैयाँ लिन्छन् । उनले १४ हप्तामा करिब ७० लाख रुपैयाँ कमाएका थिए । उनलाई गत २१ डिसेम्बरमा शोबाट बाहिर गरिएको थियो ।
Post a Comment