0

आफ्नैभित्र ठोक्ने’ रणनीति बनाउँदै एमाओवादी

Maoist-extended-meeting पुस १२ – 
संविधानसभा निर्वाचनमा ठूलै रेक्टरको भूकम्पको महसूस गरेका माओवादी नेताहरु अब कसरी राम्रो संगठन बनाउन सकिन्छ भन्नेमा छलफलमा जुटेका छन् । चुनाव अगाडि कार्यकर्ताले पार्टी बिग्रियो भनेर पटक पटक भन्दा पनि सुन्दै नसुकेका नेताहरु चुनावमा अप्रत्याशित नतीजा आएपछि पार्टी निर्माणको कुरामा केन्द्रित भएका हुन् । अहिले माओवादीभित्र संगठनात्मक सम्मेलनको गृहकार्य शुरु भएको छ ।
पुसको तेस्रो सातासम्म केन्द्रीय समिति बैठक आह्वान गर्ने र त्यसपछि संगठनात्मक सम्मेलनको गृहकार्यमा लाग्ने शीर्ष नेताहरुको तयारी छ । फागुनसम्म संगठनात्मक सम्मेलन गर्ने र त्यस पछि सबै कमिटिमा निर्वाचित सदस्यहरु ल्याउने सोच नेताहरुले बनाएका छन् । माओवादीभित्र अबको संगठनात्मक ढा“चा कस्तो हुने भन्नेमा पार्टीपंक्तिभित्र छलफल समेत शुरु भएको छ । माओवादी हेडक्वाटरले विभिन्न चरणमा पार्टीका नेताहरुसँग परमर्श पनि लिएको छ । नेताहरुका अनुसार विभिन्न चरणको यस्तो परामर्शपछि प्रचण्डले केन्द्रीय समितिको लागि राजनीतिक प्रस्ताव तयार गर्नेछन् । पार्टीका विभिन्न तहका बैठकमा समेत यस विषयमा छलफल भैरहेको नेताहरुले जानकारी दिएका छन् । अहिले जिल्ला हु“दै माओवादीका राज्य समिति स्तरका बैठक भैरहेका छन् । चुनावी नतीजास“गै देखिएको नया“ राजनीतिक शक्ति सन्तुलन र पार्टीले लिएको नया“ कार्ययोजनाले संगठनात्मक सम्मेलन ओझेलमा परे पनि पार्टीभित्र यसको माग तलैदेखि बढेको छ । यसै कारण नेतृत्वले केही दिनदेखि सम्मेलनको तयारी समेत थालेको हो । माओवादीका धेरैजसो राज्य समिति बैठकले अस्तव्यस्त संगठन पनि चुनाव हारको प्रमुख कारणमध्ये एक रहेको निष्कर्षस“गै संगठनात्मक सम्मेलनमा जान शीर्ष नेता तयार भएका हुन् ।
नेता डा. बाबुराम भट्टराईले संगठनात्मक पद्धतिबारे फेसबुक स्टाटस मार्फत आफ्नो धारणा राखेका थिए । डा. भट्टराईले गत शुक्रबार लेखेको स्टाटसमा लोकतन्त्र सुदृढ गर्न पार्टीभित्र आन्तरिक चुनावको अभ्यास र पार्टी नेतृत्वमा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने उल्लेख थियो । त्यसो त गत साउनमा सकिएको पार्टीको विस्तारित बैठकले पार्टीभित्र देखा परेका संगठनात्मक समस्याको निरुपण खोज्न संविधानसभा निर्वाचनलगत्तै राष्ट्रियस्तरको संगठनात्मक सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । तर, निर्वाचन लगत्तैको केन्द्रीय समिति बैठकले संगठनात्मक सम्मेलनलाई भन्दा पनि चुनावमा भएको धाँधलीलाई केन्द्रमा राखेर कार्ययोजना बनाएको थियो । एक महीने कार्ययोजना सकिएको छ । माओवादीका मागमा अन्य दलहरु पनि सहमत भएका छन् । माओवादी संविधानसभामा जान तयार भएको छ । यसरी हेर्दा संगठनात्मक सम्मेलनमा जान माओवादी तयार भएको देखिन्छ । चुनाव लगत्तै बसेको केन्द्रीय समिति बैठकले एकमहीने कार्ययोजना बनाएपछि गाउँ गएका नेताहरुले संगठनमा व्यापक सुधारमो खाँचो रहेको बताएका थिए । नेवा राज्य समितिको बैठकमा प्रचण्डको चुनाव हारमा संगठन र अन्तर्घातको पनि समस्या रहेको बताइएको थियो । विस्तारित बैठकले चुनाव लगत्तै संगठनात्मक सम्मेलनको गृहकार्यमा जाने म्यान्डेड दिए पनि माओवादी पछिल्लो राजनीतिक अवस्थाको कार्ययोजनामा केन्द्रित भएको थियो ।
पदाधिकारी चयन र केन्द्रीय समिति विस्तारमा विवादपछि त्यसको टुंगो लगाउन गत साउन पहिलो साता विस्तारित बैठक भएको थियो । उक्त बैठकमा तत्कालीन उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पदबाट राजीनामा गरेका थिए । भट्टराईको राजीनामापछि देखिएको विवाद अध्यक्ष प्रचण्ड मात्र रहने र अन्य सबै नेता केन्द्रीय सदस्य हुने गरी तत्कालका लागि टुंग्याइएको थियो । सोही बैठकमै पार्टी पदाधिकारी चयनदेखि केन्द्रीय समिति विस्तार र संगठनात्मक समस्याको समाधानका लागि भन्दै चुनाव लगत्तै संगठनात्मक सम्मेलन बोलाउने विस्तारित बैठकमा जाने निर्णय भएको थियो । माओवादीले अहिले अध्यक्ष प्रचण्डको नेतृत्वमा पूर्व पदाधिकारीहरु रहेको अन्तरिम केन्द्रीय कार्यालय टीम बनाएको छ । पार्टीका आकस्मिक र विशिष्ट निर्णयहरु यहींबाट हुने गरेका छन् । उक्त टीममा डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी छन् । पदाधिकारी र केन्द्रीय सदस्य चयनमा देखिएको विवादस“गै डा. भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा गरेपछि तत्कालीन उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटीले पार्टीकै सल्लाहमा पद त्यागेका थिए । माओवादीको विधान बहुपदीय छ । हेटौंडा महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र महासचिव चयन भए पनि सचिव र कोषाध्यक्ष भने रिक्त थियो । विधानमा आवश्यकता अनुसार उपाध्यक्ष र सचिव राख्न सकिने व्यवस्था छ । संगठनात्मक सम्मेलनबाटै यसको निरुपण खोज्ने माओवादी तयारी छ । ०५७ को राष्ट्रिय सम्मेलनबाट पार्टी अध्यक्ष मात्र राख्न थालेको माओवादी ०६६ असार–साउनबाट बहुपदमा गएको थियो । तर, डा. भट्टराईले राजीनामा दिएपछिको अवस्था व्यवस्थापन गर्न पार्टीले अध्यक्ष र केन्द्रीय सदस्य मात्र राख्ने प्रस्ताव अघि बढाएको थियो । त्यसैबीच माओवादीले अब पार्टी नीति विपरीत हिंड्नेहरुमाथि कठोर कारबाही गर्ने समेत तयारी गरेको छ । नयाँ सम्मेलनसँगै यस्तो नीति लागू गरिने नेताहरुले जानकारी दिएका छन् ।

Post a Comment

 
Top