Latest News

0

 पुस ११ – 

बाराबाट प्रकाशित हुँदै आएको कृपा दैनिकले बारामा कृयाशील पत्रकारको दुर्घटना बीमा गर्ने भएको छ । कृपा दैनिकको प्रकाशन समूहको वीरगंजमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

, पुस ११ –

 मापदण्ड विपरित सञ्चालन भएका भन्दै मोरङको विभिन्न ठाउँका ७ वटा क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । मोरङमा १३ वटा क्रसर उद्योग दर्ता भएका छन् ।

पुस ११ – 

धादिङमा पहिलो पटक व्यवसायिक रुपमा अदुवाखेतीको सुरुवात गरेर ‘अदुवा बाजे’का नामले चर्चा कमाएका धादिङ केवलपुरका कुलप्रसाद पौडेल सम्मानित हुनुभएको छ । अदुवा खेती सुरु गरेको ३४ वर्षपछि पौडेललाई केवलपुर गाविस अन्तर्गत रहेको कृषि वन तथा वाताबरण समितिले बुधबार सम्मान गरेको हो ।

 पुस ११ –

 खप्तड क्षेत्र पर्यटन विकास समितीले खप्तड राष्ट्रिय निकुञ्जको आँखा छल्दै नयाँ योजना बनाएको छ । साउनमा बसेको बैठकले ३८ लाख रुपैयाँ बराबरको योजना बनाएको समितिले भने योजना उल्ट्याइदिएको छ ।

पुस ११ – 

ज्येष्ठ नागरिकले पाउनुपर्ने सेवा प्राप्त गर्न दबाब दिने उद्देश्यले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले दलका नेताको ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

 पुस ११ – 

चितवनको सौराहामा आजदेखि दशौं चितवन हात्ती महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ सौराहाले आयोजना गर्दै आएको हात्ती महोत्सवको पर्यटन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ ।

, पुष ११ – 

मौसममा आएको खराबीका कारण पोखरा विमानस्थलबाट विहीबार पनि कुनै उडान हुन सकेको छैन । आकाशमा बाक्लो हुस्सु र बादल लागेपछि, पोखराबाट काठमाडौं तथा जोमसोमका लागि तय भएका बुधबारका सबै उडान रद्द भएका थिए ।

 पुस ११ –

 मंसिर २८ गते नछिनेका व्यक्तीको छुरा प्रहारबाट घाइते भएका विराटनगरका उजार ठाकुरको ज्यान गएको छ । विराटनगर १० जिविस ढाटका राजकुमार भन्ने उजारलाई नचिनेका मान्छेले पेटमा छुरा हानी गम्भीर घाइते बनाएका थिए ।

, पुस ११ – 

उच्च माध्यामिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालयले बारकोड युक्त मार्कस्लिप प्रयोगमा ल्याएको छ ।

 पुस ११ – 

धादिङको केवलपुर गाविसको पण्डितपौवामा रहेको ऐतिहासिक गणेश, भीमसेन तथा सरस्वती मन्दिर आर्थिक अभावका कारण संरक्षण विहीन अवस्थामा पुगेको छ । नेपाल एकीकरण हुनुभन्दा पहिलेदेखि अस्तित्वमा रहेका यी मानिएको मन्दिरको संरक्षणको कुनै पहल हुन सकेको छैन ।

 पुस ११ –

 निर्वाचनका लागि बाहिर गएका बझाङका अधिकांश सरकारी कार्यालयका प्रमुख अहिलेसम्म कार्यालय फर्किएका छैनन् । कार्यालय प्रमुख जिल्लामा नहुँदा विकास निर्माणका काम प्रभावित भएका छन् भने सेवाग्राहीले समेत समस्या झेल्दै आएका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top