अख्तियारले हिसाब मागेपछि एमाओवादी लम्पसार पर्योः गजुरेल
पुस ११ –
नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको खर्चको हिसाब किताव मागेपछि एमाओवादी लम्पसार परेर संविधान सभामा गएको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार महासंघ मगरात राज्य समितिले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा गजुरेलले भन्नुभयो ‘पहिला अनेक वहानावाजी गर्ने एमाओवादी अख्तियारको कदम पछि संविधान सभामा जान तयार भयो ।’
अहिलेको संविधानसभाबाट बन्ने संविधान मान्य नहुने भन्दै उहाँले सर्वपक्षीय गोलमेचबाट राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने माग गर्नुभयो ।
Post a Comment