सौताको लागि विज्ञापन !!!! 
सबै श्रीमतीहरुलाई आफ्नो श्रीमान प्यारो हुन्छ । कुनै पनि श्रीमतीले यो चाहँदैनन् कि उसको श्रीमानले सौता घरमा भित्राओस् । तर यहाँ भने यसको ठीक विपरित छ ।
यस महिलाले आफ्नो श्रीमानको लागि दोस्रो श्रीमती अर्थात आफ्नो लागि सौता खोजि रहेकी छिन् । जिम्बाब्वेकी यस महिलाले आफ्नो श्रीमानका लागि दोस्रो श्रीमती र आफ्नो लागि सौताको खोजी गर्नुमा एउटा ठुलो कारण छ । क्रेजी न्युजको खबर अनुसार मोना र नोमुसा म्लोत्सवाको विवाह २५ वर्ष पहिले भएको थियो । तर दुवैको सन्तान भने हुन सकेको छैन ।
यस्तोमा दुवै जनाले घरमा एक सौता भित्राउने निर्णय गर्न बाध्य भएका हुन् । नोमुसाले पनि यसमा आफ्नो श्रीमानलाई सहयोग गर्ने बताएकि हुन् । मोना र नोमुसाका अनुसार बिवाहका लागि आवेदन भर्ने महिलाले सबैभन्दा पहिले अन्तरवार्ता पास गर्नु पर्ने बताइएको छ ।
दुवैले यसका लागि विज्ञापन पनि दिसकेका छन् । इच्छुक महिलाले उनको घरमा गएर उनीहरुलाई भेट्नु पर्ने हुन्छ ।
Post a Comment