' दाईजो प्रथा घट्नुको साटो बढेको छ '
पुष्पराज खतिवडा
पुस ९ –
स्नातक पढ्दै गरेकी २२ बर्षिया छोरीको विवाह गर्न करिव १५लाख खर्च लाग्ने भयो । फागुनको दोस्रो साता छोरीको विवाह हुने सल्लाह भैरहेकाले पक्कापक्कि गर्न अग्रिम ६लाख केटा पक्षलाई बुझउनु पर्ने भएको छ । उखुको पैसा आउन ढिलो हुने भयो ।त्यसैले ऋण चाहियो भन्दै थिए स्थानिय एक सहकारीमा मनहर्वा ५ का बनुलाल यादव ।
तिनछोरी एकछोराका पिता बनुलाललाई छोरी राम्रै घरपरिवारमा पढेलेखेकै केटालाई दिने इच्छा छ । उनकी छोरी पनि पढ्दै छिन् । शिक्षित परिवारमा दिनपाए छोरीले शुःख पाउने आशमा रहेछन् बनुलाल ।
दुलाहालाई सिबिजेड मोटरसाईकल सहीत बाह्लाख दिनु पर्ने सहमति भएपछि उनमा चैन हराएको बताए । पढाउन लेखाउन उतिकै खर्च भयो । विवाह गर्न झन गारो पर्ने भयो । तिन तिनवटि छोरीको विवाह गर्नु पर्ने रहेछ यादबलाई ।
छोरा जति शिक्षित भयो बुहारीसँगै दाईजो बढि आउँछ । छोरी जति शिक्षित भईन् ज्वाईलाई उतिनै बढि दाईजो दिनु पर्ने उनले सुनाए । त्यसैकारण पनि ऋण खोजेर भएपनि दाईजो दिनै पर्ने चलन भएकाले दिनुनै पर्ने बताए । कहिले ऋण नलाग्नेलाई यसैबेलाऋणको भारी बोक्न पर्ने रहेछ ।
माथिका कुरा यथार्थ प्रसङ्ग हो । तराई बासिहरुमा खुलमंखुल्ला छोराछोरीको विवाहकालागि दाईजोको मोलमोलाईनै हुने गरेको छ । न्यूनतम् १०हजारबाट ५०औंलाखको मोलाईमा विवाहवारी हुने गरेको छ ।
सरकारले दाईजो दिनु र लिनु अपराध भएकाले कार्वाहि हुने कानुन बनाएको छ । तर, पनि कार्वाही गरेको कहिँकतै सुनिएको छैन । यो प्रथाको विरोधमा कयौं आन्दोलन भए महिला अधिकारकर्मिहरुले बारम्बार आवाज उठाई रहेका छन् । तर, पनि यो प्रथा घट्नु भन्दा बढेको बताउछिन् अधिकार कर्मी विदुर खड्का ।
साँस्कृतिक रुपमा राजनैतिक अगुवा समाजसेवीहरुले नै दाईजो प्रथा न्यूनिकरणमा सहयोग गर्नु पर्छ । कानुन मात्र भएर नहुने रहेछ त्यसको पालना गर्नु ठुलो कुरा भएकाले अव आम महिला नै यसको विरोधमा जाग्नु पर्ने खड्काको भनाई छ ।
जतिसुकै विरोध भएपनि प्रथाले गहिरोसँग जरा गाडेको छ । दाईजोका कारण कयौ नारीहरुले अकालमा आफ्न्तैबाट मर्नु परिरहेको तितो यथार्थ सर्बविधित नै छ । जबसम्म जनचेतनाको विकास हुँदैन ।
कानुन कडाईका साथ लागु हुँदैन र स्वयमं नयाँ पुस्ताले विरोध गर्दैन तव सम्म यो प्रथाका कारण प्रत्येक छोरी भएका परिवारले ऋणको भार बोक्नु पर्ने बताछन डुमरवाना उच्च माविका सामाजिक शिक्षक रोहित चौधरी ।

Post a Comment