बुढेसकालमा पुलमुनि बास)
-पुलमाथिबाट गाडी गुडिरहन्छन्। त्यही पुलको खम्बा तलपट्टि कुनो फालिएका काठ, प्लास्टिक, कागजले ढाकिएको छ। खम्बालाई आड दिएर काठमाथि ढुंगा अड्याउँदा चापीको काम गरेको छ। लौरोको भरमा थरथर काँप्दै आएर त्यसैभित्र पस्छन्। मुसो पस्ने दुलोजस्तै देखिने ठाउँ सुद्धबहादुर डंगोलको सबथोक हो।
त्यही दुलोमा दुई दिन बिरामी भएर थला परे तर, कसैले थाहा पाएनन्। मैतीदेवी–पुरानो बानेश्वर बीचमा पर्ने सेतो पुलको खम्बामै उनले रात कटाउन थालेको वर्षौं भइसक्यो।
सेतै फुलेको कपाल, दाह्री, चाउरीपना। हातखुट्टा काँप्छन्। डंगोलको सहारा कोही छैन। उनलाई आफ्नो उमेरसम्म थाहा छैन। वर्ष सोध्दा सय वर्ष काटेको अनुमान लगाउँछन्। भन्छन्, 'एक सय पाँच वर्ष भएँ।' आफू काठमाडौं आउँदाको समय सम्झँदै सेतोपुल वरपर देखाउँदै उनले भने, 'म आउने बेला यो वरिपरि सबै वनैवन थियो। कताकति घर थिए। यो खोलामाथि तिनटा फलेक राखेर पुल बनाइएको थियो।'
नुवाकोट, खानीखोला जन्मठाउँ बताउने डंगोल जवानीमै विरक्तिएर काठमाडौं पसेका थिए। उमेर छँदै सहर पसेका उनले लामो समय घर बनाउने काम गरे। त्यतिखेर इँटा, बालुवा बोक्ने काम गरेको उनी बताउँछन्। उनले भने, 'मभन्दा अघि छोरी, बूढी, भाइ सबै भगवानको काख पुगे। म एक्लो भएपछि विरक्तिएर काठमाडौं पसेको, फेरि गाउँ फर्केर गइनँ। गाउँमा आफ्नो भन्नु केही पनि छैन।'
काठमाडौंमा सुरुमा ज्यामी काम गरेका उनले पछि कुटानीपिसानी मिलमा काम गरे। एकताका पुरानो बानेश्वरको एक घरमा डेरा गरी बस्दा उनका सबै सामान चोरिएको थियो। त्यसपछि सडकमा बस्न थालेको उनले बताए। उनी हातखुट्टा चलुन्जेल ज्यालामजदुरी गर्थे। हातखुट्टा बसेपछि मैतीदेवी मन्दिर परिसरमा केही समय बसे। सेतो पुल बनेपछि त्यहाँ बस्न थाले।
काठमाडौं आएर मजदुरी गर्दा दिनको १२ पैसा ज्याला बुझेको उनी सम्झन्छन्। कुन सालमा आएँ भन्ने सम्झना छैन। वृद्धाश्रममा बस्न मन लागे पनि बस्न नपाएको गुनासो उनको छ। उनले भने, 'तीन दिन पशुपति धाएँ, किरिया खर्च चाहिन्छ भनेर मागे। आफूसँग पैसा भए त किन जान्थें त्यहाँ!'
'सकुन्जेल कार्टुन, बोतल खोजेर बेचेँ। अब हातखुट्टा बस्यो। बिरामी हुँदा हेर्ने कोही छैन,' उनको दुखेसो छ। वरिपरि घुमेर खानेकुराको जोहो गर्छन्।

Post a Comment