चिसो सडकमा गाडी कम
गोविन्द न्यौपाने,
पौष १४ गते
बाक्लो हुस्सु र शीतलहरका कारण सडकमा गुड्ने सवारीका साधनहरु प्रभावित भएका छन् । अत्याधिक चिसो सगै बाक्लो हुस्सुका कारण सडक राम्रो सग नदेखिदा सवारीलाई समस्या परेको हो ।
विषेश गरि तराईका क्षेत्रहरुमा लगातारको शितलहरु सगै बढेको हुस्सुका कारण राजमार्गमा सवारीका साधनहरु पनि कम देखिन थालेका छन् ।
छोटो दुरीका सार्वजनिक यातायात कम चल्न थालेको छ भने मोटरसाइकलको संख्यामा पनि कमी देखिएको छ।
खुल्ला सवारी साधनमा यात्रा गर्दा शीतलहरले बढी असर गर्ने र हुस्सुका कारण दुर्घटनाको सम्भावनासमेत बढ्ने हुँदा सवारीसाधनको संख्यामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले बताएका छन् ।
यो समयमा सवारी चलाउदा विषेश ध्यान पुर्यान र तिब्र गतिमा सवारी नचलाउन समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ । बाक्लो हुस्सु लागेका बेला सवारीको हेडलाईट बालेर चलाउन समेत ट्राफिक प्रहरीको आग्रह रहेको छ ।
Post a Comment