0
गण्डकी र धौवलागिरीबाट एमालेका ११ समानुपातिक सभासद्
गोकुल बानियाँ, 
 १४ पुष
 नेकपा एमालेको समानुपातिक सभासद्तर्फ गण्डकी र धवलागिरी अञ्चलबाट ११ जना उम्मेदवार चुनिएका छन् । एमालेले शनिबार निर्बाचन आयोगमा बुझाएको नामावलीमा गण्डकीबाट ६ जना र धवलागिरीबाट ५ जना उम्मेदवार समेटिएका छन् ।
 
आयोगमा बुझाएको सुचीको आधारमा कास्की, स्याङजा, लमजुङ र बागलुङबाट २÷२ तथा पर्वत, म्याग्दी र मुस्ताङबाट १÷१ जना उम्मेदवारलाई समानुपातिक सभासदमा चयन गरेको छ ।
 
 कास्कीबाट चुणामणी जंगली र तुलबहादुर गुरुङ, लमजुङबाट टुका हमाल र डाक्टर भीष्मनाथ अधिकारी तथा स्याङजाबाट प्राध्यापक डाक्टर गणेशमान गुरुङ र टेकु नेपाली समानुपाति सभासद्को लागि छनौट भएका छन् ।
 
बाग्लुङबाट नरवहादुर थापा र महेन्द्र शेरचन, म्याग्दीकी नरदेवि पुन, पर्वतकी कल्पना शर्मा र मुस्ताङकी श्रीमाया थकाली समानुपातिक सभासद्मा छानिएको नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले जानकारी दिनुभयो ।
 
एमालेले गण्डकी र धवलागिरीबाट ४ जना महिलालाई सभासदमा चयन गरेको छ । ६ जना जनजाति र १ जना दलित उम्मेदवारलाई पनि सभासदमा छनौट गरेको एमालेले बैकल्पिक केन्द्रिय सदस्य चुणामणि जंगलीलाई कास्कीबाट दलित उम्मेदवारको रुपमा चयन गरेको हो ।
 
 नेकपा एमालेको स्थायी समिति बैठकले टुंगो लगाएको समानुपातिक सभासदहरुको अन्तिम नामावलि प्रति कास्कीका कपितय नेता कार्यकर्ताले असन्तुष्टी जनाएका छन् ।
 
समानुपातिकको सुचीमा रहेका बैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारीको नाम अन्तिम सुचिमा नपरेपछि उनि समर्थकहरु दवाबको लागि भन्दै राजधानी गएका छन् । 

Post a Comment

 
Top