0

नम्बर प्लेटकै १० लाख

पुस १०–
 ट्याक्सीको खगाडि र पछाडि राखिने नम्बर प्लेटलाई कति पर्ला ? धेरैको अनुमान केही सय रुयैयाँदेखि १००० रुपैयाँ सम्म हुन सक्ला ।तर पछिल्लो समयमा ट्याक्सीको नम्बर प्लेटलाई नै लाखौ रुपैयाँ पर्न थालेको छ ।
काठमाडौं काँडाघारीका एक ट्याक्सी व्यवसायीले १० लाख रुपैयाँ तिरेर ट्याक्सीको नम्बरप्लेट खरिद गरे । ‘५ वर्ष विदेशमा सवारीचालकको रोजगारी गरेर फर्केपछि काठमाडौंमा आफ्नै ट्याक्सी किनेर चलाउँ भन्ने सोचेँ । तर, यहाँ त ट्याक्सीको होइन, नम्बरप्लेटकै १० लाख रुपैयाँ तिर्नुपर्र्यो ,’अप्ठेरो पर्ने डरले नाम नछापिदिन आग्रह गर्दै उनले भने ।
सरकारले १४ वर्षदेखि बाग्मती अञ्चलमा नयाँ ट्याक्सी दर्तामा रोक लगाएकाले बजारमा यसरी पुराना ट्याक्सीका नम्बर प्लेटहरु कालोबजारी बढेको हो । २० वर्षभन्दा पूराना गाडीहरु दर्ता गरी थप ५ वर्ष चलाउन पाइन्छ । यसो हुँदा पुराना गाडी यहाँबाट विस्थापित भएपछि ती पुराना नम्बर किनेर नयाँ गाडीमा राखी चलाउने गरिन्छ । त्यही भएर २० वर्ष पुग्न लागेका ट्याक्सीहरुको भाउ पनि बजारमा १५ देखि २० लाख रुपैयाँसम्म पर्छ । काडाँघारीका ती व्यवसायीले नम्बर प्लेटलाई १० लाख र ट्याक्सीलाई ९ लाख गरी १९ लाख तिरेर ६ महिनाअघि खरीद गरेका हुन् ।

Post a Comment

 
Top