नारायणहिटिभित्रै बाट श्रिपेच गायब
सिंगो राजसंस्था तथा तत्कालिन राजपरिवारका पहिचान र जीवनशैली झल्कने सामग्रीहरुको सार्वजनिक गर्ने अभिप्राय स्वरुप खुला गरिएको नारायणहिटि दरवार संग्राहलयको सुरक्षा व्यवस्था निकै नै कडा होला भन्ने धेरैको अनुमान हुन सक्छ । तर यहाँको सुरक्षा व्यवस्था सोचेजस्तो सुदृढ नभएर निकै नै फितलो छ । कतिसम्म भने राजपरिवार र राजसंस्थाको इतिहास झल्कने कतिपय बहुमुल्य सामग्रीहरु पछिल्लो समयमा दरवारभित्रै बाट गायब हुन थालेको छ भने कतिपय सामग्री कहाँ छ अहिलेसम्म पनि आमरुपमा सार्वजनिक हुन सकेको छैन । राजाले प्रयोग गर्ने श्रीपेच कहाँ छ अहिलेसम्म गुमराहमा नै राखिएको छ । तत्कालिन राजाले प्रयोग गर्ने श्रीपेच राजसंस्था अन्त्यसँगै सार्वजनिक प्रर्दशनी राख्ने सरकारले निर्णय गरेको श्रीपेच एकाकएका यसरी गाएव भएको हो । तर राजसंस्था अन्त्य भएको ५ बर्ष बितिसक्दा पनि श्रीपेच बेपत्ता छ । पुरातत्व बिभाग र नारायणहिटी दरवार संग्रहालयवीचको बिबादमा परेर अहिलेसम्म श्रीपेच गायव भएको हो । त्यसको सुरक्षा र राख्ने ठाउँको बिबादमा अहिले श्रीपेच गुमनाम बनेको छ । संग्रहालय ब्यबस्थापन समितिका प्रमुख लेखबहादुर कार्कीले नारायणहिटी भित्रै सैलुन कक्षमा लाहाछाप लगाइएको सोकेसभित्र श्रीपेच राखिएको बताउनुभयो । श्रीपेच निकाल्न र त्यसलाई ठाउँसारी गर्न सेनाको अनुमति अनिवार्य छ । तर सेनाले श्रीपेच सार्वजनिक प्रर्दशनीमा राख्दा हराउनसक्ने भन्दै त्यसलाई अस्वीकार गरेको छ
Post a Comment