0
परालको भारीमा जलेको अवस्थामा शव फेला
 ९ पौष 
 
रौतहट कर्कच कर्मैया गाविसमा परालको भारी भित्र जलेको अवस्थामा एक महिलाको शब भेटिएको छ । मंगलवार विहान करिव ४ बजेको समयामा कर्कच कर्मैया ३ का स्थित जयकिशोर झाको घर छेउमा रहेको परालको भारीसगै जलेको अवस्थामा महिलाको शब भेटिएको हो ।
 
परालको भारीमा नचिनेका मानिसले आगो लगाएर महिलाको हत्या गरेको हुनसक्ने घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव निरिक्षक प्रल्हाद केशरीले बताउनुभयो ।जलेको ठाउमा दुईवटा खुट्टका गोडामात्र फेला परेकाले शबको पहिचान हुन सकेको छैन ।
 
गोडाको नङमा पालिस देखिएकाले महिलाको शब हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।घटनाबारे अनुसन्धान तिब्र पारिएको र छिटै दोषिलाई पक्राउ गरिने प्रहरी नायव उपरिक्षक दीपक अधिकारीले बताउनुभयो ।

Post a Comment

 
Top