पाँच महिनाको अवधिमा ९८ जनाको मृत्यु
चालु आर्थिक वर्ष २०७०÷०७१ को पाँच महिनाको अवधिमा मध्यपश्चिममा २२३ सडक दुर्घटना भएको तथ्याङ्क यहाँ सार्वजनिक गरिएको छ ।
कोहलपुरस्थित क्षेत्रीय ट्राफिक कार्यालयका अनुसार त्यस अवधिमा भएका सडक दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ भने २२२ जना घाइते भएका थिए ।
यस क्षेत्रको १५ जिल्लामध्ये दाङमा सबैभन्दा बढी सडक दुर्घटना भएको र ३३ जनाको मृत्यु भएको सो कार्यालयद्वारा प्रकाशित तथ्याङ्कमा उल्लेख छ । जुम्ला जिल्लामा भने एउटा पनि सडक दुर्घटना नभएको जनाइएको छ ।
सवारी चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु र मालसामान राख्नु, चालकले मदिरा सेवन, ट्राफिक नियमको पालना नगर्नु लगायतका कारणले सवारी दुर्घटना हुने गरेको सो कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम पौडेलले बताउनुभयो ।
Post a Comment