आरुषी हत्या र चाल्स शोभराज
अदालतको प्रतिमुर्तीको हातमा तराजु हुन्छ साथमा उसको आँखामा पट्टी समेत बाँधिएको हुन्छ । कानुनबारे जानकारहरु यसलाई कानुन सम्बन्ध, प्रभाव र भावनाका आधारमा हैन प्रमाणको आधारमा फैसला गर्छ भन्ने हो । यसको अर्थ अदालत अकाट्य प्रमाणको आधारमा फैसला गर्छ न कि सम्बन्ध, प्रभाव र भावनाको आधारमा ।
यदी यही सत्य हो भने काट्य प्रमाणको रुपमा लिइने परिस्थितीजन्य प्रमाणको महत्व के हो ? यो केवल सहयोगी प्रमाण मात्रै हो की अदालती प्रकृयामा यो महत्वपूर्ण प्रमाण समेत ?
भारतको दिल्लीमा पाँच वर्षको अनुसन्धान पछि १४ वर्षिया किशोरी आरुषी तलवारको हत्याको फैसलाले यही न्यायिक बहसको प्रारम्भ गरेको छ ।
भारतको दिल्लीमा पाँच वर्षको अनुसन्धान पछि १४ वर्षिया किशोरी आरुषी तलवारको हत्याको फैसलाले यही न्यायिक बहसको प्रारम्भ गरेको छ ।
आफ्नै घरको, आफ्नै कोठाको, आफ्नै ओच्छ्यानमा १४ वर्षिया किशोरी आरुषी घाँटी काटेर हत्या गरेको अवस्थामा फेला पर्छिन् । उनको तल्लो भागको कपडा केही सरेको छ, साथमा माथिल्लो भागको कपडा समेत केही माथी सरेको छ । कोठामा रगत छरिएको छ । घरमा जम्मा ४ जना छन्, आमा, बाबु, छोरी र घरको कामदार । पल्लो कोठामा बसेका आमा बाबुले भोलीपल्ट घटना थाहा पाउँछन् । घरको कामदार फरार देखिन्छ । त्यही आधारमा बाबु राजेश तलवारले कामदारले छोरीको हत्या गरेको उजुरी प्रहरीमा दिन्छन् । त्यही आधारमा अनुसन्धान अगाडि बढ्छ । तर, ५ वर्षको अनुसन्धानपछि कामदार हैन किशोरीको आफ्नै बाबु, आमा हत्यारा भएको प्रमाणित गर्छ अदालतले । आखिर कसरी ?
घटनाको दोस्रो दिन फरार भनिएका घरको कामदार नेपाली नागरिक हेमराज बन्जाडेको शब सोही घरको छतमा फेला परेपछि घटनाले अर्को मोड लिए पनि घटनामा आमा बाबुकै संलग्नताबारे कुनै पुष्ट प्रमाण फेला परेन र फैसलाहुँदा समेत फेला परेको छैन । भारतको सिविआईको विशेष अदालतवाट आमा, बाबु राजेश र नुपुर हत्यारा प्रमाणित हुँदा समेत अकाट्य प्रमाण केही फेला परेन ।
घरमा जम्मा ४ जना सदस्य आमा, बाबु, छोरी र कामदार । घरमा यी ब्यक्ति बाहेक अन्य कसैको प्रवेश भएको प्रमाण नभएको । यी ४ जनामध्ये कामदार र १४ वर्षिय किशोरीको हत्या भएको । किशोरीको हत्या टाउकोमा गल्फ स्टिकले हानेको र गला रेटिएको । अनी कामदारको हत्या प्रकृती पनि उस्तै । घरका जीवित २ जनामध्ये बाबु चिकित्कस । अनी घटनामा घाँटी काट्न प्रयोग गरिएको हतियार अप्रेशनमा प्रयोग गरिने ब्लेड भएको आशंका ।
घरका जीवित सदस्यमध्य अन्य कोही प्रवेश नगरेको आधारमा हत्यामा घरका यी जीवित २ सदस्यकै संलग्नता हुने परिस्थितीमा अदालत अडियो । तर, यो विषयमा अनुसन्धान गर्ने भारतको केन्द्रिय अनुसन्धान व्युरोले कुनै प्रमाण संकलन गर्न सकेन । केवल प्रमाण अनुमान वा परिस्थितीका आधारमा मात्रै बलिया देखिए । सिआइवीको विशेष अदालतले यसैलाई प्रमाण मान्यो र १४ वर्षिया छोरी र कामदारको हत्यामा तलवार दम्पत्ति अर्थात राजेश र नुपुरलाई दोषी ठहर गर्यो । यही आधारमा अदालतले आजीवन कारावासको सजाय तोक्यो
अदालतको फैसला विवादरहित भने हुन सकेको छैन। कुनै प्रमाण फेला नपरेकाले सिविआईले आबा–बाबुलाई नै दोषी बनाएर निर्दोशलाई सजाय दिएको भन्दै तलवार दम्पत्तिका आफन्तले आलोचना गरिरहेका छन्। तर, न्याय क्षेत्रका जानकारहरु अकाट्य प्रमाण र परिस्थितीजन्य प्रमाणको विष्लेशणमा केन्द्रित भएका छन् ।
यो घटनाले न्यायिक प्रकृयामा अकाट्य प्रमाणझै परिस्थितीजन्य प्रमाणलाई समेत बलियो बनाएको छ। जसको प्रभाव भारतमा मात्रै हैन अन्य देशको न्याय प्रकृयामा समेत प्रभाव पर्ने निश्चित छ ।
नेपालको हकमा हेर्ने हो भने कुनै न्यायिक प्रकृयामा कुनै अन्यौल भयो भने भारतीय न्यायलयमा बनेको नजिरलाई प्रमुखता दिइदै आएको धेरै घटना छन् । । यसको आधारमा आरुषी हत्याकान्डमा आएको न्यायिक फैसलाले नेपालको न्यायिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नसक्छ ।
किनकी नेपालको न्याय प्रणालीमा समेत परिस्थितीजन्य प्रमाण भन्दा पनि अहिले पनि अकाट्य प्रमाणलाईनै बढी महत्व दिइन्छ । घटनास्थलको प्रकृती घटनाका साक्षी, अभियुक्तको बयान र अपराध गर्नुपर्नाको कारण प्रष्ट नभएसम्म कुनै ब्यक्ति सो अपराधमा संलग्न रहेकै हो भनेर प्रमाणित गर्न सकसै हुन्छ नेपालमा समेत ।
अपराधी हो भन्ने सबै जानकार हुँदा समेत अकाट्य प्रमाणविना उ न्यायिक सजायको भागी नबनी उन्मुक्ति पाउँदै आएको धेरै घटना ज्युदै छन् नेपालमा । यही न्यायिक प्रकृयाका कारण प्रमाणको अभावमा धेरै अपराधी अपराध अनुसारको सजायवाट उन्मुक्ति पाइरहेका छन् ।यस्तै एक केस रानीबारी हत्याकान्ड सबैसामु छ । घटना घटेको १५ वर्ष कटिसक्दा पनि नविर्सिएको यो केसमा परिस्थितिजन्य प्रमाण प्रशस्त भए पनि अकाट्य प्रमाणको आधारमा घटनामा जो संलग्न भएको आशंका छ त्यसले उन्मुक्ति पाइरहेका छन् ।
यस्ता धेरै घटनाको छन् जो प्रहरीको दराजमा असफलको सूचीमा छन्। भारतको सिबिआई विशेष अदालतको नजिरलाई आधार मान्ने हो भने भोलीनै रानीबारी र त्यो जस्तै अकाट्य प्रमाण नभएको तर प्रशस्त परिस्थितीजन्य प्रमाण भएका घटनाको परिस्थितीजन्य प्रमाणको आधारमा पुन अनुसन्धान शुरु गर्ने हो भने निष्कर्षमा पुग्न सकिन्छ ।
अनुसन्धान निकाय सिविआईसँगै अदालत समेत सक्रिय भएकाले आरुषी हत्या अनुसन्धान निचोडमा पुग्न सफल भएको हो। अनुसन्धानको जिम्मेवारी पाएको सिविआईले त कुनै प्रमाण फेला नपरेको भन्दै अनुसन्धानको फाइल बन्द गर्न क्लोज रिर्पोट अदालतमा बुझाइसकेको थियो।
अदालतले त्यही क्लोज रिर्पोटको अनुसन्धानमा प्रशस्त परिस्थितीजन्य प्रमाण्हरु फेला पार्यो र त्यसैलाई आधार बनाएर क्लोज रिर्पोटलाई नै अभियोग पत्र बनाउन निर्देशन दियो। त्यही निर्देशनका आधारमा आएको अभियोग पत्रमा टेकेर नै अदालतले आरुषी–हेमराज हत्यामा तलवार दम्पत्तिलाई दोषी ठहर गरेको हो।
नेपालमा परिस्थितीजन्य प्रमाणलाई महत्वनै नदिइएको भने हैन। चाल्श शोभराज विरुद्ध हत्या अनुसन्धान र त्यसको न्यायिक निरुपणमा अदालतले परिस्थितीजन्य प्रमाणलाई नै प्रमुख आधार बनाएर दोषी ठहर गरेको थियो। जसको आधारमा उनी केन्द्रिय कारागारमा आजीवन कारावासको सजाय काटिरहेका छन्। तर, यो यस्तै प्रकृतिका अन्य घटनामा भने कार्यान्वयनमा आउन सकेको छैन।
अकाट्य प्रमाणको अभावमा सम्भव हुन नसकेका अन्य आपराधिक घटना टुंगोमा पूर्याउने हो भने नेपालमा पनि अदालत सक्रिय हुनु आवश्यक छ। अदालतको सक्रियतामा मात्रै अकाट्य प्रमाणसँगै परिस्थितीजन्य प्रमाणको समेत महत्व बढ्ने छ । जस कारण आफु विरुद्धका सबै प्रमाण नष्ट गरेर जोगिने राजेश र नुपुर तलावरझै चलाख अपराधीलाई कानुनी दायरामा ल्याउन सम्भव हुनेछ ।
तर, के नेपालमा यो कार्यान्यवनमा आउन सक्ला र?
Post a Comment