प्रहरीमा फेरी अर्को भ्रष्टाचारकान्ड
यस्ता छन् नेपाल प्रहरीका पाँच भ्रष्टाचारकान्ड,
अञ्चल प्रहरी कार्यालय बागमतीको कार्यालय भवन बनाउन जग्गा किन्नेक्रममा वास्तविक मुल्यभन्दा अत्याधिक बढाएर भ्रष्टाचार गरेको अभियोगमा नेपाल प्रहरीका एसएसपी प्रेमबहादुर चन्द विरुद्ध विशेष अदालतमा मुद्धा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनीसँग मिलेमतोगरी १ करोड ७९ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोग लगाउँदै विशेष अदालतमा चन्दविरुद्ध मुद्धा दर्ता गराएको हो।
चन्द अञ्चल प्रहरी कार्यालय बाग्मतीको प्रमुखहुँदा काभ्रेको सा“गामा जग्गा किनिएको थियो। जग्गाधनी राजकुमार भालु, सुनीलकुमार राजवंशी र रामेश्वर कायस्थसमेत ४ जनासमेत सो कान्डमा तानिएका छन्। २ पटक जग्गा किनेको देखाएर भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ।
अभियोग पत्र अनुसार सा“गा–४ र हाल वडा नं. ६ रहेको कित्ता नम्बर ८०८ को ३ विघा २ रोपनी १ आना १ धूर जग्गा जग्गाधनीहरुबाट पहिलोपटक २०६६ साल माघ २६ र २७ गते गरी २ पटक प्रहरीको नाममा किनिएको थियो। त्यसबेला १९ लाख ६६ हजार रुपैया“मा खरिद गरिएको सोही जग्गा ३ महिना २० दिनपछि १ करोड ९९ लाख ४८ हजार ८ सय ९६ रुपैया“मा पुनः खरिद गरेको देखाएर भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ।
कार्यालयका लागी अपायक पर्ने स्थानमा जग्गा किनिएको र जग्गा खरिदमा अनियमितता भएको सूचना प्रहरी महानिरिक्षकको सचिवालयमा पुगेपछि तत्कालीन प्रहरी प्रमुख कुवेरसिंह रानाले अनुसन्धान अगाडि बढाएका थिए। अञ्चल प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसएसपी प्रेमबहादुर चन्दसँगै काभ्रेका तत्कालिन जिल्ला प्रमुख एसपी रवीन्द्र धानुक समेत सो विषयमा मुछिएपनि धानुक भने जोगिएका छन्।
चन्द डिआइजी हुने लाइनमा रहेका प्रहरी अधिकारी हुन्। यस अगाडिको एसएसपी बढुवामा छुटेका उनी ७ डिआइजी पद रिक्त भएसँगै बढुवाका बलिया दावेदार थिए। सो जग्गा रमेशचन्द ठकुरी प्रहरी प्रमुख भएको बेलामा किनिएको थियो। चन्द सुडानमा राष्ट्र संघिय मिसनमा खटिएका प्रहरीका लागी बन्दोवस्तीका सामान र हतियार खरिदका भएको भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियारलेनै मुद्धा लगाएको थियो। उनी अहिले सो मुद्धा खेपीरहेका छन्।
प्रहरीका अन्य भ्रष्टाचारकान्ड
ओटु सुनकाण्ड
२०५६ मा काठमाडौंको ओटुमा प्रहरीले आठ किलो सुन लुटेको घटना सार्वजनिक भएको थियो। सो घटना ओटुकान्डको रुपमा परिचित छ। अवैध सुन कारोबार हुने गरेको आरोपमा काठमाडौं प्रहरीको टोलीले ओटुमा रहेको एक सुनका गहना बनाउने कारखानामा छापा हानेको थियो। जहाँ प्रहरीले ८ किलो सुन बरामद गरेको थियो। तर, प्रहरीले सुन कार्यालयमा नबुझाई गायव बनाए। करोडौको सुन गायव भएपछि व्यापारीले प्रहरीको माथिल्लोतहमा उजुरी गरेपछि अनुसन्धान शुरु भयो।
सो कान्डमा काठमाडौंका तत्कालीन प्रहरी प्रमुख टपेन्द्रध्वज हमाल,डीएसपी दीपक थापा तानिए र दुबै निलम्बनमा परे। अनुसन्धान अगाडि बढ्यो। तर, कुनै प्रहरी कारवाहीमा परेनन्।

पेट्रोलपम्प कान्ड
सबै इन्धन व्यापारी मालामाल हुनेगरेपनि नक्साल र पथलैयामा नेपाल प्रहरीले कल्याण कोषको नाममा चलाउने गरेको पेट्रोल पम्प सधै घाटामा गइरहेको थियो। न पम्पको हिसाव किताव दुरुस्त थियो न कारोवारनै पारदर्शी थियो। चरम लापरवाही देखिएपछि तत्कालीन प्रहरी प्रमुख रमेशचन्द ठकुरीले तत्कालीन डिआइजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा छानवीन समिति गठन गर्दा खुल्यो पम्पमा त करोडौं भ्रष्टाचार भइरहेको रहेछ।
२०६६ मा खुलासा भएको तथ्यले पेट्रोलपम्पमा करिब ५ करोड भ्रष्टाचार भएको देखायो। अर्याल समितिको प्रतिवेदन प्रहरीले अख्तियारमा पठायो। प्रतिवेदन बुझाएको ३ वर्षपछि अख्तियारले २ करोड ३९ लाख घोटाला भएको भन्दै ५ जना विरुद्ध विशेष अदालतमा बुद्धा दायर गर्यो। माथिल्लोतहका प्रहरी अधिकारीको निर्देशनमा काम गर्ने तल्लातहका प्रहरी यो कान्डमा तानिए।
इन्सपेक्टर जोगलाल डंगोल, सई पुष्पबहादुर वली, आनन्द रोक्का, डोरबहादुर राई र नयनबहादुर बोहोरा विरुद्ध मुद्धा चल्यो। उनीहरुलाई दिर्नेशन दिने तत्कालीन प्रहरी प्रमुख, कल्याण शाखाका प्रमुख लगायतकाहरुले उन्मुक्ति पाए। कल्याण शाखाका तत्कालीन प्रमुखहरू नारायण भण्डारी पुष्कर रेग्मी, प्रतापसिंह थापा चोखिए।

सुडान कान्ड
सुडानको राष्ट्र संघिय शान्ति मिसनमा खटिएका नेपाल प्रहरीको हतियार र बन्दोबस्तीको सामान खरिदमा भएको भ्रष्टाचार प्रहरी संगठन जोडिएको सबैभन्दा ठुलो कान्ड मानिन्छ। प्रहरीकेा कल्याण कोषवाट खर्च भएको ४४ करोड रुपैयामध्ये २८ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठमा एकै पटक ३ जना पूर्व प्रहरी महानिरिक्षक सहित २४ बहालवाला प्रहरी अधिकारीसहित ३६ जना अभियुक्त बनाएको थियो।
फागुन १ गते विशेÈ अदालतले पूर्व आइजीपी रमेशचन्द ठकुरी, हेमबहादुर गुरुङ र ओमविक्रम राणा र २ जना ठेकेदारलाई दोषी ठहर गरेको थियो। यो कान्डका कारण प्रहरीको नेतृत्वनै फेरिन पुगेको थियो। बहालावाल आइजीपीनै सो कान्डमा तानिने भएपछि सरकारले रमेशचन्द ठकुरीलाई आइजीपीवाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेर रविन्द्रप्रताप शाहलाई आइजीपी बनाएको थियो। सुरक्षा सल्लाहकारकै हैसियतमा चन्दमाथी अभियोग लागेको थियो।
पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ सहित चन्दलाई समेत विशेष अदालतले २ वर्Èको कैद सजायसँगै राणालाई १७ करोड ६ लाख ८ हजार, गुरुङलाई ६ करोड ४८ लाख ७० हजार र ठकुरीलाई ४ करोड ८५ लाख ४४ हजार जरिवाना तोकेको थियो।
प्रहरीलाई एपीसीलगायतका सामान बेच्ने एस्योर्ड रिस्क लिमिटेड लन्डनका प्रोप्राइटर माइकल राइडरलाई दुई वर्Èको कैद सजाय र २८ करोड ४० लाख १६ हजार बिगो तथा त्यति नै रकम जरिवाना तथा त्यसका नेपाली नेपाली बिचौलिया ठेकेदार शम्भु भारतीलाई एक वर्Èको कैद सजाय र १४ करोड २० लाख ८ हजार बिगो र त्यति नै जरिवानाको फैसला गरेको थियो।
सुडनमा खटिने एफपीयू मिसनका लागी चाहिने ८ वटा एपिसी भवन, जेनेरेटर लगायतका सामान न्युन गुणस्तरको भएको गुनासो आएपछि छानवीन गर्न संसदिय समितिनै गठन भएको थियो। राणाको समयमा टेन्डर भएकोमा कमसल सामान खरिद गरी पठाइएको खुलेको थियो भने अनियमितता सार्वजनिक भइसकेपछि गुरुङ र चन्दले ठेकेदारलाई बाँकी रकम भुक्तानी गरेका थिए।
सो कान्डमा ३१ प्रहरी अधिकारीले सफाइ पाएपछि अख्तियार उनीहरुविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको थियो। हाल सो मुद्धा विचाराधिननै छ।

विमानस्थल मुद्रा तस्करी
फ्ल्याई दुबईको उडानवाट कतार हिडेका एक ब्यक्ति अबैध विदेशीमुद्रा सहित पक्राउ परेपछि विमानस्थलमा खटिएका उच्च प्रहरी अधिकारीनै मुद्रा र सुन तस्करीमा सक्रिय रहेको पोल खुल्यो। पोल खुलेसँगै तस्करसँग मिलेमतो देखिएका एसएसपी रविराज श्रेष्ठको जागिरै गयो। २०६९ असोज १९ गते सो पोल खुलेको थियो।
विमानमा बम भएको सूचनाको आधारमा फ्ल्याई दुबईको विमान जाँच गर्दा भारतीय नागरिक विनोदकुमार सोनी अबैध विदेशीमुद्रासहित समातिएका थिए। प्रहरीको सुरक्षा घेरा कटाएर कसरी विदेशी मुद्रा विमानस्थलमा भित्रियो त्यो पहिल्याउन अनुसन्धान शुरु भयो। अनुसन्धानमा श्रेष्ठले गोप्य रूपमा त्यसरी विदेशी मुद्रा र सुन तस्करी गर्ने गरेको खुल्यो।
प्रहरी हवल्दार शोभित कार्की एसएसपी श्रेष्ठका मुख्य सहयोगी देखिए। उनैले विदेशी मुद्रा सुरक्षा घेरा कटाएर विमानस्थलभित्र छिराई सोनीलाई विमान चढ्नुअघि दिएको भिडियो फुटेजनै सार्वजनिक भयो। अनुसन्धानमा एसएसपी श्रेष्ठले आफ्नै गाडीमा सो डलर राखेर कार्कीमार्फत सोनीलाई दिन पठाएको खुल्यो।
तत्काल फरार भएका कार्की ३ महिनापछि पक्राउ परे। उनले सबै काम श्रेष्ठको निर्देशनमा गरेको भन्दै थप पोल खोलिदिए। हेडक्वाटरले केन्द्रिय अनुसन्धान व्युरोलाई थप अनुसन्धानको जिम्मेवारी तोक्यो। सिआइवीको अनुसन्धानमा श्रेष्ठको सम्बन्ध कहलिएका हुन्डी कारोवारी, सुन तस्करसँग रहेको खुलेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले श्रेष्ठलाई बर्खास्त गर्यो।

Post a Comment