उखुको मुल्य निर्धारण नहुँदा
तराईमा उखुको मुल्य निर्धारण हुन नसक्दा यो बर्ष किसानहरु मारमा पर्ने भएका छन् । मल्य निर्धारण गर्ने बिषयमा चिनी उद्योग संघ र उखु उत्पादक संघबीच भएको पटक पटकको वार्ता टुंगोमा पुग्न नसकेपछि अधिकांश कृषकले लगाएको उखु खेतमै रहेको छ ।
यो बर्ष उखु उत्पादक संघले उखुको मुल्य प्रति क्वीन्टल ५ सय ५० माग गरेकोमा चिनी उद्योग संघले प्रति क्वीन्टल ४ सय ५२ मात्र दिन सक्ने जनाउंदै आएको हो । उखुको मुल्य निर्धारण गरेर चिनी मिलले क्रसिङ्ग गर्न शुरु गर्नुपर्ने समयमा मुल्य नतोकिदा केही किसानले भने आफनो उखु सस्तो मुल्यमा सख्खर उद्योगमा बिक्री गर्न थालेका छन ।
रौतहटमा सञ्चालित झण्डै १२ वटा सक्खर उद्योगले एक महिनादेखि उखुको क्रसिङ गरेर सख्खर उत्पादन गरिरहेका छन । अहिले उखु पछि खाली हुने खेतमा गहुँ, दलहन, तेलहन वा अन्य बाली लगाउने समय भएकाले पनि कृषकहरु उखु बिक्रीको लागि हतारिएका छन ।
रौतहटमा यो वर्ष ६ हजार ८ सय १९, बिगाह खुटी र ८ हजार ३ सय ६६ बिगाह मुरहन गरी जम्मा १५ हजार ३ सय ९९ बिगहामा उखु बाली रहेको छ । चिनी मिलले उखु खरिद गर्दा खेत खाली हुन चैतसम्म लाग्न सक्छ ।
Post a Comment