0

पत्रकार  न्यायको खोजीमा 

 नेपाली मिडिया हाउसहरुले श्रमजीवि पत्रकार र कर्मचारीलाई मासिक तलव नदिई विचल्लीमा पार्ने गरेका छन् । देशमा भएका विकृतिलाई भण्डाफोर गरेर  भ्रष्टाचार मुक्त र कानुनी राज्य बनाउने भन्दै लागि पर्ने  मिडिया हाउसहरुले नै कर्मचारीहरुलाई तलब सुविधा नदिएपछि न्यायको खोजिमा भौतारिएका छन । पुरानो प्रकाशन हिमालय टाइम्स दैनिकमा कार्यरत श्रमजीवि पत्रकार र कर्मचारीलाई मासिक तलवभत्ता नपाएपछि वाध्य भई इम्पे्रसन पब्लिकेशन एण्ड मिडिया प्रा.लि.द्वारा मध्यवानेश्वर, काठमाडौंमा कार्यालय रहेको हिमालय टाइम्स दैनिकका व्यस्थापक अध्यक्ष आभा मिश्र र  कार्यकारी निर्देशक उज्ज्वल शर्मालाई विपक्षी बनाई पिडित पत्रकार समुहले कानूनी सहायता लिई आफ्नो निवेदन तलव सुविधा तत्काल पाउनका लागि उजुरी दर्ज गरी अगाडि बढाई सकेको जानकारी प्राप्त भएको छ । यसरी बाध्यभएर कानूनी सहायताकालागि पहिलो चरणरमा सूचना विभागमा उजुरी दिन पुगेका कर्मचारी प्रशासन प्रमुख दिपक पुडासैनी, अर्थ समाचार संयोजक रोशन कार्की, कम्प्युटर मुख्य डिजाइनर बच्चु राई, सहडिजाइनर सुन्दर पाण्डे, मनोरञ्जन प्रमुख एमपी सुव्वा, मार्केटिड शाखाका नरेन्द्र खड्का र निर्दोश पाठक रहेका छन् । यसैबीच कान्तिपुर टेलिभिजनका पत्रकार प्रकाश परियारले राम्रो तलब सुविधा पाएपछि टेलिभिजनलाई वाईवाई गरिसकेका छन भने कारोवार दैनिकमा कानुन विट हेर्ने दुर्गा दुलाल नागरिक दैनिकमा पुगेका छन । उता,अर्को व्यवस्था नभएसम्मका लागि सूचना तथा सञ्चार सचिव ध्रुवप्रसाद शर्मालाई गोरखापत्र संस्थानको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

Post a Comment

 
Top