एमालेबिनै सरकार बनाउने कांग्रेसको तयारी
एमाओवादीलाई संविधानसभामा आउन मनाएपछि अब शक्ति बाँडफाँडको विषयमा प्रमुख दलहरुको ध्यान केन्द्रित भएको छ । ठुला दुई दल कांग्रेस र एमालेको ‘इगो’का कारण यो विषय सहजै सल्टिने सम्भावना छैन ।
सरकार प्रमुख पहिलो ठुलो दल कांगे्रसकोतर्फबाट हुने अनौपचारिक छलफल भएपनि राष्ट्रप्रमुख र संविधानसभाप्रमुखका विषयमा अहिलेसम्म अनौपचारिक छलफल समेत भएको छैन । चुनावी नतिजा सार्वजनिक भएलगत्तै कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रस्ताव राखेको एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई पनि बाँडफाँडको दायरामा ल्याउनु पर्ने र पावर सेयरिङबारे पार्टीको धारणा अघि सार्न कांगे्रसलाई आग्रह गरेको थियो । तर चुनावी परिणामबाट असन्तुष्ट एमाओवादीलाई संविधानसभामा ल्याएर संविधानसभालाई पुर्णता दिने विषयमै दलहरु अहिलेसम्म अल्झेका थिए ।
राष्ट्रपतिलाई समेत बाँडफाँडको दायरामा ल्याउनुपर्ने तर्क अघिसार्दै आएको एमाले र तत्काल राष्ट्रपति चुनाव गर्न नहुने पक्षमा रहेको कांग्रेसबीच सोही विषयलाई लिएर सम्बन्धसमेत चिसिएको छ । कांग्रेस र एमालेका नेताहरुले संविधानसभा गठन भएपछि शक्तिबाँडफाँडबारे छलफल हुने बताएका छन् ।
एमालेले राष्ट्रपतिको निर्वाचनलाई अडानकै रुपमा अगाडि सारे एमाओवादीसहितका दलहरुसँग बहुमतिय गठबन्धन बनाउने मनस्थितीमा कांग्रेस पुगेको छ । एमाले तत्काल राष्ट्रपतिको चुनाव नगरे पनि कहिले गर्ने भन्ने विषयमा अहिले नै मुर्त सहमति गरेर मात्रै अघि बढ्ने मनस्थितीमा छ ।कांग्रेसालई सरकारको नेतृत्वमा सहज समर्थन गरेपछि राष्ट्रपति पाउने उसको बुझाइ छ ।

Post a Comment