राज्यलक्ष्मी गोल्छा माताको एमालेमा पूजा अर्चना
प्रकाश ढुंगाना
नेपाली राजनीतिमा एउटी विराङगनाको आश्चर्यजनक उदय भएको छ । उनी हुन् राज्यलक्ष्मी गोल्छा । धनकुबेरमा अग्रपंक्तिमै नाम आउँछ गोल्छा खलकको । दानवीरका रुपमा अझ चर्चित छ गोल्छा खलक ।
दान कसरी र कहाँ दिने भन्ने कलामा यो खलकका दानवीरहरु माहिर मानिन्छन् । अब गोल्छा खलक दानवीरहरुको मात्र रहेन, यो खलकबाट दान वीराङगना पनि उदाएकी छिन् र ती हुन् राज्यलक्ष्मी गोल्छा ।
यिनी अहिले पूरै नेपालमा छाएकी छिन् । उनले नेकपा एमालेलाई क्वाप्पै खाइसकिन्, समानुपातिक सभासद पद पड्काइसकिन् । गोल्छा खलककी कूलवधू राज्यलक्ष्मी गोल्छा नेपाल देशको सम्मानित सभासद बन्न सफल भएकी छिन् ।
राज्यलक्ष्मीसँगै नेकपा एमाले पनि धन्य भएको छ, सफल भएको छ, किनभने राज्यलक्ष्मीलाई सभासद बनाउन एमाले सफल भएको छ ।
संवैधानिक र कानुनी दृष्टिले हेर्दा राज्यलक्ष्मीलाई एमालेका नेता समूहले नभएर नेपाली जनताले जिताएका हुन् । नेकपा एमालेलाई मत दिने लाखौं नागरिकले कसलाई जिताए ? राज्यलक्ष्मीलाई जिताए । अब एमाले कसको ? राज्यलक्ष्मीको !
राज्यलक्ष्मीजस्तै धनकूबेर र दान दिने पात्र पहिचान गर्न सिपालुलाई राप्रपा नेपालले पनि समानुपातिक सूचीमा राखेको थियो । एमालेले समानुपातिक सूचीमा १३८ नम्बरमा राख्यो तर राप्रपा नेपालले सूचीमा २२९ मा मात्रै राख्यो ।
राप्रपा नेपालले भन्दा एमालेले माथि नाम राखेर उच्च कदर गरेपछि राज्यलक्ष्मी भित्रको धनलक्ष्मीले दानमाला एमालेलाई पहिराइदिइन् । धन्य भयो एमाले, राज्यलक्ष्मीलाई समानुपातिकमा नराखेको भए एमालेले चुनावमा यति सीट जित्थ्यो त ? राज्यलक्ष्मीलाई पाएर दंगदास बनेका एमाले कार्यकर्ताहरु यस्तो प्रश्न गरिरहेछन् तर जवाफ दिने नेताहरुको मुख धनलक्ष्मीको प्रसादले बुजो लागेकाले खुल्ने कुरै भएन ।
पाटी छानेर अनि पार्टीभित्रका खासखास पात्र पहिचान गरेर दानकर्म गने विशिष्ट खुबी भएकी राज्यलक्ष्मी को हुन् ? राप्रपाले विछ्याएको रातो कार्पेटमा टेकेर एमालेमा भित्रिएकी यी चर्चित विराङगानाको जीवन गाथा यस्तो छ –

भारतमा जन्म, नेपालमा बिहे
नेपालको औद्योगिकरण र व्यापारको आधुनिकीकरणमा गोल्छा खलकका अग्रजहरुको ठूलो योगदान छ । यो खलकका महेन्द्र गोल्छासँग बिहे गरेर राज्यलक्ष्मी भारतबाट नेपाल भित्रिइन् ।
नेपाल भित्रिँदा यिनको निधारमा लेखिएको चार अक्षरको एउटा शब्द पहिचान गर्न नामुद ज्योतीषहरुले समेत सकेनन् । राज्यलक्ष्मीको निधारमा ‘सभासद’ लेखिएको छ भनेर कमल थापा र एमाले नेताहरुले ठ्याक्कै पहिचान गरे ।

त्यसपछि धनलक्ष्मी उर्फ राज्यलक्ष्मीलाई समानुपातिक सूचीको डोली चढाएर राप्रपा नेपालको बाटो हुँदै एमाले भित्राइयो ।
माक्र्स, एंगेल्स, लेनिन, मनमोहन तथा मदन आश्रितको फोटोसँगै राज्यलक्ष्मीको फोटो एमालेले राख्छ कि राख्दैन, राख्छ भने कहिले राख्छ थाहा छैन । तर, राख्नैपर्ने खालको योगदान यिनले राम्रै आकार, तौल र परिमाणमा गरेकी छिन् भन्ने अब गोप्य रहेन ।
अब राज्यलक्ष्मी मञ्चमा बस्नेछिन् भने दर्शक दीर्घामा फूलमती चौधरी, रामकुमारी झाँक्री, धनकुमारी सुनार, जुनेलीमाया श्रेष्ठ, विष्णुमाया ओझाहरु बस्नेछन् । समानुपातिक सूचीमा परे पनि धनलक्ष्मी औकात नभएकी यी महिलाले राज्यलक्ष्मीलाई एमाले नमस्कार अर्थात् ‘अभिवादन कमरेड’ भन्नेछन् ।
राज्यलक्ष्मीले यिनलाई चिन्ने सवालै भएन ।
राज्यलक्ष्मीले यिनलाई चिन्ने सवालै भएन ।
सरस्वती वाटी, शिवमाया तुम्वाहाम्फे, कमला पराजुलीहरुलाई राज्यलक्ष्मीले अह्रनखटन गर्नेछिन् र उनीहरुले टेर्नुपर्नेछ । टेर्नै परयो नि, किनभने उनीहरु समानुपातिक खान असफल भए, राज्यलक्ष्मी सफल भइन् । राजनीति, त्यसमाथि एमाले भनेको जित्नेको हो, एमालेमा त्यसैले जित्छ जो धनलक्ष्मी छन् ।
राज्यलक्ष्मीको जन्म ५३ वर्षअघि भारतको चेन्नाई (मद्रास)मा भएको हो । राजस्थानका बासिन्दा भएपनि राज्यलक्ष्मीका पिता सुन्दरलाल नाहटा रोजगारका लागि चेन्नाई बस्थे ।
राज्यलक्ष्मी पाँच दिदीबहिनी र एकजना दाजु मध्येकी कान्छी हुन् । कट्टर हिन्दू मारवाडी समुदायकी छोरी भए पनि चेन्न्ईको गुड सेफर्ड कन्भेन्ट क्रिस्चियन स्कुल पढिन् ।
राज्यलक्ष्मी पाँच दिदीबहिनी र एकजना दाजु मध्येकी कान्छी हुन् । कट्टर हिन्दू मारवाडी समुदायकी छोरी भए पनि चेन्न्ईको गुड सेफर्ड कन्भेन्ट क्रिस्चियन स्कुल पढिन् ।
नेपाल आगमन
भूगोल किताबमा नेपाल देशको नाम सुन्दा भविष्यमा यही देशमा विवाह भएर पुग्छु भन्ने राज्यलक्ष्मीलाई थाहा हुने कुरै भएन । किताबमा सिर्फ तीन अक्षरका रुपमा देखेकी नेपाल देशलाई विवाह पछि साक्षात देखिन् ।
भूगोल किताबमा नेपाल देशको नाम सुन्दा भविष्यमा यही देशमा विवाह भएर पुग्छु भन्ने राज्यलक्ष्मीलाई थाहा हुने कुरै भएन । किताबमा सिर्फ तीन अक्षरका रुपमा देखेकी नेपाल देशलाई विवाह पछि साक्षात देखिन् ।
देख्न त देखिन् तर चिन्न सकेकी थिइनन् । बल्ल चिनिन्, चिनेको हुनाले नै सभासद् बनेकी छिन् । एमाले र एमालेभित्रका खास पात्रहरु चिन्न सकेकी भए ०६४ मै सभासद् बनिसक्थिन् । ढिलै भए पनि चिनिन्, गजबै गरिन् ।
एक छोरा र चार छोरीकी माता राज्यलक्ष्मी अब एमालेकै माता बनेकी छिन् । उनी आबद्ध गोल्छा अर्गनाइजेसनका अनेक उद्योगधन्दा छन् । अनेकमध्येको एक एमालेउद्योग अब बन्ने भो, अर्को उद्योग संविधानसभा बन्ने भो । त्यसबाहेकका उद्योग के हुन्छ भन्ने भविष्यले नै बताउला ।
राज्यलक्ष्मीको जीवनमा ०६६ मा प्रलय भयो, पति महेन्द्र गोल्छाको निधन भयो । पाँच सन्तान भएकी एउटी प्रौढ महिलाको जीवनमा कस्तो प्रलय हुन्छ भन्ने वयान गरिरहन नपर्ला ।
उनी विराटनगरमा युरो किड्स स्कूल र युरो कलेज पनि सञ्चालन गरिरहेकी छिन् ।

सपनामा देखेको…
नेकपा एमालेको केन्द्रीय कार्यालय र जिल्ला कार्यालय मोरङ अब धन्य हुने भयो, किनभने राज्यलक्ष्मीको पाऊले यी कार्यालय पवित्र हुनेभयो । राज्यलक्ष्मीले एमालेका कार्यालय देख्दै नदेखेको चाहिँ होइन, देखेकी छिन् तर कार्यालय भएको बाटोमा मोटरभित्रबाट ।
एमालेको कार्यालयहरुभित्र पनि पसेकी छिन् तर समानुपातिक सूचीमा परेपछि देखेका सपनाहरुमा । अब विपनामै पस्नेछिन् यी दान विराङगना राज्यलक्ष्मी ।
Post a Comment