आज तमू ल्होछार हर्सोउल्लासका साथ मनाइँदै
तमू (गुरुङ) समुदायको महान् चाड ल्होछार आज हर्सोउल्लासका साथ मनाइँदैछ ।
गुरुङ समुदायले आजदेखि धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार सर्प बर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गरिसकेका छन् । देशैभर र देश बाहिर रहेका तमुहरुले घरघरमा र सामुहिक रुपमा ल्होछार अर्थात् नयाँ वर्षको स्वागतसँगै मिठा परिकार खाने, शुभकामना आदानप्रदान गरेर मनाउँदैछन् ।
हरेक १२ वर्षमा युग परिवर्तन हुने विश्वसका साथ १२ वर्षमा १२ वटा पशुपंक्षीको नाममा वर्ग चक्रिय रुपमा परिर्वतन हुने गर्छ । यो वर्ष सर्प वर्गको विधाइ गरि गोडा(ता) वर्गको स्वागत गरिएको हो ।
काठमण्डौंमा बसोबास गर्ने तमुहरुले तमु ल्होछार मुल समारोह समितीमार्फत टुँडिखेलमा कार्यक्रम आयोजना गरिरहेको छ । ल्होछारको विषेश कार्यक्रमको आज मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मिले उद्घाटन गर्ने कार्यक्रम रहेको मुल आयोजक समितीका संयोजक टेक बहादुर गुरुङले जानकारी दिनुभयो । त्यसअघि सांस्कृतिक झाँकिसहितको र्याली निकालिने र तमु समुदयको संस्कृति झल्कने नृत्य र अन्य विभिन्न कार्यक्रम हुदैछ ।
यसैबिच राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मिले तमु ल्होछारको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । राष्ट्रपति यादवले शुभकामना सन्देशमा, नयाँ संविधानसभाले छिट्टै नेपाली जनताको भावना सम्बोधन हुने संविधान जारी गर्ने विश्वास व्यक्तगर्नु भएको छ । उहाँले देश तथा विदेशमा रहेका सम्पूर्ण तमु समुदायलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो ।
यस्तै, मन्त्रिपरिषद अध्यक्ष रेग्मिले नेपालमा बसोबास गर्ने नेपालीहरुका विविध प्रचलन, अभ्यास तथा साँस्कृतिक सम्पदाहरु नेपालका प्रमुख विशेषता रहेको उल्लेख गदै समग्र गुरुङ्ग समुदायमा शुभकामना व्यक्त दिनु भएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका सभासद् सुशील कोइरालालगायका नेताहरुले पनि तमु ल्होछारको अवसरमा शुभकामना दिएका छन् ।

Post a Comment