कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी फुट्यो
– संबिधानसभाको निर्वाचनमा अप्रत्यासित मत पाएको कमल थापा नेतृत्वको राप्रपा नेपाल सभासद् पदको बिषयमा पार्टीमा बिवाद हुदाँ पार्टी फुटेको छ । राप्रपा नेपालका ४२ जना केन्द्रीय सदस्यमध्ये २० जना केन्द्रीय सदस्यले नयाँ दल दर्ताका निर्वाचन आयोग निवेदन दिएका छन् ।
दल दर्ताका लागी औपचारिक निवेदन दिएपछि राप्रपा नेपाल औपचारिक रुपमा सोमवारबाट फुटेको छ
राप्रपा नेपालमा समानुपातिक तर्फको सभासद् छनोट प्रक्रियाबाट नै असन्तुष्ट रहँदै आएका केन्द्रीय सदस्य वालकृष्ण न्यौपानेको नेतृत्वमा नयाँ पार्टी बनेको छ । सोमवार फुटेको राप्रपा नेपालले निर्वाचन आयोगलाई यसभन्दा अघि कमल थापाले बुझाएको समानुपातिक सभासद् सुची अमान्य घोषित गर्न गर्न माग पनि गरेको छ ।
सभासद् चयन कै बिषयमा राप्रपा नेपालको विवाद सर्वोच्च अदालतसम्म पुगिसकेको छ ।

Post a Comment