गर्नु गर्यो फेसबुकले, आधुनिक अमेरिकी युवती भारतमा बुर्हातन खेप्दै
![]() |
उमेरका दिनमा टु पिस लगाएर क्यालिफोर्नियको सामुद्रिक किनारमा टहलिने, पार्टीहरुका ककटेलमा रमाउने अमेरिकी युवती आजकल भारतको एउटा गाउँमा परम्परागत शैलीमा बुर्हातन गर्दैछिन् ।
हरियाणाको पनिपात गाउँमा अहिले यी युवती बिहानै उठेर लिपपोत गर्छिन, श्रीमान् र सासुलाई खाना पकाएर खुवाउँछिन, भाँडा माझ्छिन, अनि दिउँसो बयलगाडा लिएर पतिसँगै मेलापात जान्छिन् ।
क्यालिफोर्नियाको आधुनिक जीवन छाडेर, उनका लागि झण्डै साताब्दी पुरानो लाग्ने यो दिनचर्यामा जीउन प्रेरित गर्ने एउटै आधार हो– प्रेम ।

एड्रियाना क्यालिफोर्नियामा(बायाँ) र बिबाहका बेला भारतीय परम्परागत पहिरनमा(दायाँ)
फेसबुकमार्फत् चिनजान भएका भारतीय युवक मुकेशकुमारसँग बिबाह गरेर अहिले उनी हरियाणमा हाँसीखुसी गाउँले महिलाको जीवन बिताइरहेकी छिन ।
४१ वर्षीया एड्रियानाले गत अगष्टमा आफ्नो छोरीकै उमेरका भारतीय युवा मुकेशकुमारलाई फेसबुक साथी बनाइन् । त्यो भेटघाट प्रेम र बिबाहमा परिणत हुन केही महिना पनि लागेन् ।
अहिले २५ बर्षिय मुकेशकुमार उनका पति हुन् । उनी भन्छिन–‘मुकेशसँगको जीवन निकै राम्रो छ । यो म संसारको कुनै पनि चिजसँग साट्न सक्दिन ।’
Adriana Peral
घर लिपपोत गर्दो एड्रियाना
मुकेशको घरभित्र ट्वाइलेट छैन, नुहाउनका लागि बाथरुम छैन, शहरको सेवा सुबिधा यो कृषि परिवारमा हुने कुरै भएन् । तर, यी सवमा एड्रियानालाई कुनै दुःख छैन् ।

चिया पकाएर खुवाउने अनि कुचो लगाउने उनका दैनिकि बनेका छन
एड्रियानाका आमाबाबु मेक्सीकोबाट अमेरिका गएका थिए । उनले आफूभन्दा १६ वर्ष कान्छो केटासँग विवाह गरेर भारत जान लगेको बताउँदा धेरैलाई अचम्म लागेको थियो । ‘मेरी छोरी रोइन् । उनले महिलाका लागि भारत असुरक्षित छ भनेकी थिइन्’ उनले भनेकी छिन् । केहीले मुकेश झुटो भएको र उनलाई अनलाइनमा ठगेको समेत बताए ।
उनले भनेकी छिन्–मैले उनलाई इन्दिरा गान्धी विमानस्थलको गेटमा देखेपछि ठूलो राहत महसुर गरेँ ।’ मुकेश र एड्रियानाले नोभेम्बरमा भारतीय परम्पराअनुसार विवाह गरे । मुकेश टुटेफुटे अंग्रेजी बोल्न सक्छन । तर, अहिले पत्नीसँग सिक्दैछन् ।
अनौठो त के छ भने एड्रियानाकी छोरी र उनका पतिको उमेर एउटै हो । अर्थात २५ बर्ष । अहिले उनीहरु नयाँ सन्तानको तयारीमा छन् ।-एजेन्सीको सहयोगमा
हरियाणाको पनिपात गाउँमा अहिले यी युवती बिहानै उठेर लिपपोत गर्छिन, श्रीमान् र सासुलाई खाना पकाएर खुवाउँछिन, भाँडा माझ्छिन, अनि दिउँसो बयलगाडा लिएर पतिसँगै मेलापात जान्छिन् ।
क्यालिफोर्नियाको आधुनिक जीवन छाडेर, उनका लागि झण्डै साताब्दी पुरानो लाग्ने यो दिनचर्यामा जीउन प्रेरित गर्ने एउटै आधार हो– प्रेम ।

एड्रियाना क्यालिफोर्नियामा(बायाँ) र बिबाहका बेला भारतीय परम्परागत पहिरनमा(दायाँ)
फेसबुकमार्फत् चिनजान भएका भारतीय युवक मुकेशकुमारसँग बिबाह गरेर अहिले उनी हरियाणमा हाँसीखुसी गाउँले महिलाको जीवन बिताइरहेकी छिन ।
४१ वर्षीया एड्रियानाले गत अगष्टमा आफ्नो छोरीकै उमेरका भारतीय युवा मुकेशकुमारलाई फेसबुक साथी बनाइन् । त्यो भेटघाट प्रेम र बिबाहमा परिणत हुन केही महिना पनि लागेन् ।
अहिले २५ बर्षिय मुकेशकुमार उनका पति हुन् । उनी भन्छिन–‘मुकेशसँगको जीवन निकै राम्रो छ । यो म संसारको कुनै पनि चिजसँग साट्न सक्दिन ।’
Adriana Peral
घर लिपपोत गर्दो एड्रियाना
मुकेशको घरभित्र ट्वाइलेट छैन, नुहाउनका लागि बाथरुम छैन, शहरको सेवा सुबिधा यो कृषि परिवारमा हुने कुरै भएन् । तर, यी सवमा एड्रियानालाई कुनै दुःख छैन् ।

चिया पकाएर खुवाउने अनि कुचो लगाउने उनका दैनिकि बनेका छन
एड्रियानाका आमाबाबु मेक्सीकोबाट अमेरिका गएका थिए । उनले आफूभन्दा १६ वर्ष कान्छो केटासँग विवाह गरेर भारत जान लगेको बताउँदा धेरैलाई अचम्म लागेको थियो । ‘मेरी छोरी रोइन् । उनले महिलाका लागि भारत असुरक्षित छ भनेकी थिइन्’ उनले भनेकी छिन् । केहीले मुकेश झुटो भएको र उनलाई अनलाइनमा ठगेको समेत बताए ।

अनौठो त के छ भने एड्रियानाकी छोरी र उनका पतिको उमेर एउटै हो । अर्थात २५ बर्ष । अहिले उनीहरु नयाँ सन्तानको तयारीमा छन् ।-एजेन्सीको सहयोगमा
हजुर बा' ओडारबाट घर सरे
![]() |
भार्ता (मकवानपुर),
- ओडारमा पुग्दा आगो बलिरहेको थियो । अँगेनामाथि फुटेको कराइमा एक वृद्ध गिट्ठा उसिनिरहेका थिए । त्यही बेला स्वाँस्वाँ गर्दै नौलो मान्छे ओडारतर्फ अाइरहेको देखेपछि उनी आत्तिए । नयाँ मान्छेले नमस्ते गरे । वृद्धले २ हात जोडेर नमस्ते फर्काए । मंगलबार उनको ओडारमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) एक नारायण अर्यालसहित सरकारी कार्यालय प्रमुख पुगेका थिए । प्रजिअले वृद्धलाई 'अब ओडारमा बस्न हुँदैन, घरमा बस्नुपर्छ' भने । त्यसपछि ९९ वर्षीय जयपती चेपाङले सुस्त स्वरमा जवाफ दिए, 'घर छैन ।'
कार्यालय प्रमुख जयपतीका लागि घर तयार गरेर त्यहाँ पुगेका थिए । त्यसैले, प्रजिअ अर्यालले भने, 'तपाईंलाई हामीले घर बनाएका छौ, उतै बस्ने हिंड्नोस् ।' उनको कुरा भुइँमा खस्न नपाउँदै वृद्धले भने, 'ओडारमा बस्दिनँ ।' अनि, करिब शताब्दीदेखि भार्ता ४ सिलौती जंगलको ओडारमा बस्दै आएका जयपतीलाई प्रजिअ अर्याल, स्थानीय विकास अधिकारी गोकर्ण शर्मा र प्रहरी उपरीक्षक गणेशबहादुर ऐरलगायतले मंगलबार १ समारोहबीच घर प्रवेश गराए । ओडारबाट करिब ५ सय मिटरको दूरीमा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको थियो ।
ओडारबाट जयपती लट्ठीको सहारामा नवनिर्मित घरसम्म आइपुगेका थिए । घरभित्र छिरेपछि प्रजिअ अर्यालले दोसल्ला ओडाएर उनलाई सम्मान गरे । त्यतिबेला खुसीले उनका आँखाबाट आँसु झरेको थियो । अनुहार हँसिलो थियो । उनले हात जोडेर चेपाङ भाषामा भने, 'पेनाङ्सो ङा लिम्पुकाङ मुङल्' -आजदेखि म ओडारमा बस्दिनँ) ।' घरभित्र प्रवेश गर्नुअघि उनलाई आवास कार्यक्रम जिल्ल्ाा समन्वय समिति सचिव तथा भवन एवं सहरी विकास कार्यालय प्रमुख विष्णु शर्माले माला र टीका लगाइदिए । जयपतीका साथमा १७ वर्षीय नाति अगमसिंह चेपाङ थिए । अगम मनहरीको होटलमा काम गर्छन् ।
पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट ५ घन्टा पैदल हिंडेर पुगिने सिलौतीको भिरालोमा ओडारमा बस्दै आएका जयपतीले भने, 'यहाँ पानीको समस्या छ, पानी भए हुन्थ्यो, गर्मीमा कहिलेकाहीं तिर्खाले मरिन्छ कि जस्तो लाग्छ ।' ओडारबाट ५ सय मिटरमाथिको जंगलमा उनले हँसियाले खोपेर पानी निकालेका छन् । त्यही पानी बोतलमा ल्याएर खाने गर्छन् । 'पानी गर्मी महिनामा सुक्छ,' स्थ्ाानीय महेश चेपाङले भने, 'बुढालाई पानीको समस्या छ ।'
उनको समस्या सुुनेपछि स्थ्ाानीय विकास अधिकारीले पानी जिविसले ल्याइदिने प्रतिबद्धता जाहेर गरे ।
गत चैत २९ गते कान्तिपुर दैनिकमा 'हजुर बा एक्लै ओडारमा' भन्ने समाचार प्रकाशित भएपछि जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिको बैठक बसेर घर बनाइदिने निर्णय गरेको थियो । समिति संयोजक प्रजिअ हुने गर्छन् । प्रजिअ अर्यालले घुम्ती शिविरमार्फत वृद्ध चेपाङलाई गत वर्ष नागरिकता दिएका थिए । गोराङदीबाट ४० मिनेट उकालो हिंडेपछि पुगिने उक्त ओडार मंगलबारदेखि खाली भएको छ ।
जयपती यही ओडारमा जन्मे-हुर्केका थिए । ११ वर्षअघि ओडारमा उनकी पत्नी बितिन् । छोरा र बुहारीको ६ वर्षअघि निधन भयो । आमाको मृत्यु हुँदा नाति अगमसिंह ५ दिनका थिए । उनलाई चिउरी रस खुवाएर बचाएको बताए । उनले नातिलाई देखाउँदै मंगलबार भने, 'यो घर म मरेपछि नातिलाई दिनुहोला ।' घरमा बस्न उनलाई भाँडाकुँडा, ओढ्ने, ओछ्याउने र खानका लागि केही रकम उपलब्ध गराइएको छ ।

नेपाल लामो समय कालो सुचिमा रहने
![]() |

Post a Comment