0

असिनाले बाली सखाप

 
asinaसुर्खेत
,फागुन १६– 
जिल्लाको पश्चिमी क्षेत्रका केही गाविसमा आज बिहान परेको असिनाले तरकारी तथा खाद्यान्न बाली सखाप पारेको छ ।
बिहान ४ देखि ७ बजेसम्म तीन घण्टा लगातार परेको असिनाले सबैभन्दा धेरै पश्चिम सुर्खेतको छाप्रे गाविसमा असर गरेको छ । छाप्रे गाविसका विभिन्न स्थानमा लगाइएको तरकारी तथा खाद्यान्न बालीमा असिनाले पूर्णरूपमा क्षति पुगेको स्थानीयवासीले जनाएका छन् ।
स्थानीय बासिन्दा तथा नेपाल राष्ट्रिय निम्नमाध्यामिक विद्यालय च्युरीका शिक्षक टीकाराम ढकालका अनुसार छाप्रेका पैसरा, भक्तजी, दोवाटा, छाप्रे लगायतका गाउँमा सबैभन्दा धेरै क्षति भएको छ । शिक्षक ढकालले भने,“बारीमा दुई फिटसम्म असिना जमेको छ, बारीमा लगाएको तरकारी तथा गहुँ, जौ केही पनि छैन ।”

Post a Comment

 
Top