0

मुक्तहलिया अन्धकारमा बस्न बाध्य

बेलौरी
 फागुन १६–
जिल्लाको एक मुक्तहलिया बस्तीमा विद्युतीकरण नहु“दा त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य छन् ।
lightभीमदत्त नगरपालिका–८ दुर्गा भवानी टोलका ३६ मुक्तहलियाका घरपरिवार उक्त बस्तीमा विद्युत् जडान नभएपछि अन्धकारमै बस्न बाध्य भएका हुन् ।
स्थानीय मुक्तहलिया काले सुनारका अनुसार उक्त क्षेत्र आसपासमा विद्युत् जडान भए पनि हलिया बस्तीमा भने विद्युत् जडान भएको छैन । बिजुली मागका लागि आफूहरु पटकपटक विद्युत् कार्यालयमा जा“दासमेत अहिलेसम्म तारै नतानिएको सुनारले गुनासो गरे ।
बजेट अभावका कारण उक्त बस्तीमा विद्युतीकरण गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका इन्जिनियर गोपाल चन्दले बताए ।

Post a Comment

 
Top