0

वामदेवले भने,‘माधब नेपाललाई कारबाही गर्ने ह्याउ एमालेमा कोहीसँग छैन’

bamdev– उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपाललाई कारबाही गर्ने विषयमा पार्टीभित्र अन्यौलता रहेको खुलासा गरेका छन् । पार्टीको नीति र पद्धती मिचेर स्थायी समितिको बैठकमा नआएको र स्थायी समितिले गरेको निर्णयसमेत मान्दीन भनेर नेता नेपालले प्रतिक्रिया दिएपछि उनको कारवाहीको माग पार्टीभित्र उठिरहेका बेला एमालेका उपाध्यक्षसमेत रहेका गौतमले यस्तो खुलासा गरेका हुन् ।
‘विगतमा यस्ता विषयमा म धेरै पटक कारवाहीमा परेको छु,’ मन्त्री गौतमले नेता नेपालप्रति आक्रोस व्यक्त गर्दै प्रश्न गरे, ‘तर १६ वर्ष पार्टीको र १७ वर्ष संसदीय दलको नेताको जिम्मेवारी पुरा गरेको, प्रधानमन्त्री भईसकेको ब्यक्तिलाई कसले कारवाही गर्ने ?’ गौतमले पार्टीमा नेता नेपाललाई कारबाही गर्न सक्ने हैसियत र सोच कसैको पनि नभएकोले नेपाललाई कसैले पनि छुन नसक्ने टिप्पणी गरे ।
गौतमले पार्टीको बरिष्ठ नेतालाई आफूजस्तो सेरेमोनियल उपाध्यक्षले कारबाही गर्न नसक्ने बताए । उनले अध्यक्षपछि दोस्रो आसनमा बस्ने नेतालाई उपाध्यक्ष जस्तो सेरेमोनियल हैसियतमा रहेको व्यक्तीले नसक्ने स्पष्ट पारे ।‘पार्टीको वरिष्ठ नेतालाई म जस्तो सेरेमोनियल उपाध्यक्षले पेल्न र अपमान गर्न सक्दैन’ मन्त्री गौतमले भने,‘उहाँ अध्यक्ष पछि दोस्रो आसनमा बस्न हुन्छ । म चौथो आसनमा बस्ने सेरेमोनियल ब्यक्तिले उहाँलाई कसरी कारवाही गर्न सक्छु र?’
मन्त्री गौतमले आफुलाई सरकारको नेतृत्व गरेर पहिलो पटक प्रस्ताव गर्ने व्यक्ति नै नेपाल भएको खुलासा समेत गरेका छन् । गौतमले पछिल्लो समयमा सर्वसम्मत रुपमा उपप्रधान तथा गृह मन्त्रालय दिने र काग्रेसले सहमति पालना नगरेपछि गृह नभई सरकारमा नजाने निर्णय समेत नेपालकै उपस्थितिमा गरेको जानकारी दिदै पछिल्लो समयमा मन्त्री चयनमा समेत नेपालको सल्लाहमै निर्णय लिएको बताए । केपी ओली संसदीय दलको नेता बनेपछि नेपालको आफुलाई हेर्ने दृष्टीकोणमा नै परिवर्तन आएको गौतमको तर्क थियो ।
यसैबीच मन्त्री गौतमले नेपाललाई पाखा लगाइएको बारेमा राखिएको जिज्ञासामा त्यसो नगरिएको स्पष्टिकरण दिए । मन्त्री गौतमले नेपाल पक्षको तीन जनाले सरकारमा सहभागिता समेत जनाएको जिकिर गर्दै नेता नेपाललेसिफारिस गरेको १५ जना सबैलाई मन्त्री नबनाएकाले समस्या आएको दावी गरे ।
उपप्रधान तथा गृहमन्त्री रहेका गौतमले कानून हातमा लिएर जनतालाई दुख दिने कसैलाई पनि नछाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । मन्त्री गौतमले शुसासनको लागि छिट्टै २३ बुँदे निर्देशन जारी हुने जानकारी दिदै त्यसपछि देशै भरी कानून हातमा लिएर जनतालाई दुख दिनेलाई पक्राउ गरेर कारवाही गर्ने दृढता ब्यक्त गरे ।गौतमले गोरखा फुजेलका कुष्णप्रसाद अधिकारीको हत्यामा संलग्न र हत्याको आरोपमा सर्वोच्चद्धारा सर्वोस्वसहित जन्मकैदको फैसला सुनाईएका एमाओवादी नेता बालकृष्ण ढुङगेललाई पनि कानून बमोजिम कारवाही गर्ने गरिने प्रतिवद्धता जनाए ।

Post a Comment

 
Top