0

‘जनयुद्ध’ गर्ने दस्तावेज लेख्दै विल्पव

 फागुन ८ – 
एमाओवादीबाट छुट्टिएर बनेको नेकपा–माओवादीमा अहिले पार्टीको भावी कार्यदिशाको बिषयमा चर्को बिवाद चलेको  छ ।
biplabगत बर्ष काठमाडौंको कमलादीमा भएको महाधिबेशनले “जनयुद्धको जगमा जनबिद्रोह” भन्ने दस्तावेज पारित गरेको थियो । स्रोतका अनुसार तर त्यो कार्यदिशा सहि नभएको निश्र्कष निकाल्दै नेत्र बिक्रम चन्द विल्पवले जनयुद्धमा जाने नयाँ कार्यदिशासहितको दस्तावेज लेख्न लागेका हुन् । बिल्पव निकट स्रोतका अनुसार “जनयुद्धमा जानुपर्छ” भन्ने मान्यता राख्दै आएका बिल्पव निकट पश्चिम क्षेत्रका एक युवा नेताले रातोपाटीलाई दस्तावेज लेखेको खुलासा गर्दै भने, “किरण जी बुढा भैसके यीनले केही गर्न सक्दैनन् । बादलजीहरु जनयुद्धको जगमा जनबिद्रोह भन्नुहुन्छ जनयुद्धका केही अवशेष पनि बाँकी छैनन् अनि बिद्रोह भनेर काठमाडौंमा बसेर हुन्छ ?” उनका अनुसार आगामी जेठमा नेकपा–माओवादीले गर्ने भनेको सांगठनिक महाधिवेशनमा त्यो दस्तावेज पेश गर्ने योजनामा बिल्पव रहेकाछन् ।
नेकपा–माओवादीमा जनयुद्धमा जानेकी जनबिद्रोह गर्ने भन्ने बिषयमा चर्को बिवाद रहदै आएको छ । पूर्वी क्षेत्रमा कार्यरत एक बिल्पव निकट नेताले रातोपाटीलाई बताए अनुसार राजधानी बसेर क्रान्तिका गफ गरेर हुदैन् । त्यसका लागी जनतामा जानुपर्छ त्यो कुरामा नेता तयार नभएपछि बिल्पवको दस्ताबेज आउने भएको हो । उनले भने, “ केही गर्न नसक्ने अनि कर कार्यालय जस्तो पार्टी कार्यालय खोलेर गफ गर्ने अखडा बनाउने हो भने त्यो कुनै पनि हालतमा हुनै सक्दैन् । हामी जनयुद्धमा जाने तयारीका साथ नयाँ दस्तावेज ल्याउछौं, त्यो आउने सांगठिक अधिबेशनमा पेश हुने हो ।”
अहिले माओवादीमा महासचिव रामबहादुर थापा बादल र सचिव नेत्रबिक्रम चन्द विप्लब फरक फरक कार्यदिशाको बिषयमा छलफल र वकालत गरिरहेका छन् ।
पार्टीको पदाधिकारी र पोलिटब्युरोमा अल्पमतमा रहेका बिल्पवलाई केन्द्रीय सदस्यको राम्रो साथ रहेको छ । चुनाव बहिष्कार ताकादेखि नै पुर्व पश्चिमका जिल्लामा डुलिरहेका बिल्पव त्यसभन्दा पछि कमै मात्रामा राजधानी आएका उनी निकट स्रोतले बतायो ।
जनयुद्ध दिवस मनाउन रोल्पाको थवाङ् पुगेका बिल्पवले त्यहाँ पनि जनयुद्धमा जाने बताएको र त्यसका लागी आफु यता आएको बताएका थिए । त्यहाँ बिल्पवले भनेका थिए –“राजधानीमा क्रान्ति बिरोधी मात्र बसुन ।”
नेकपा–माओवादीमा अहिले जनयुद्धमा जानुपर्छ भन्ने मान्यता राख्नेमा सचिव बिल्पवसहित खड्ग बिश्वकर्मा, मौसम लिम्वु, भरत बम, मजुदुर नेता रामदिप आश्चार्य, राष्ट्रिय युवा जनस्वयंसेवकमा रहेका नेता उदयबहादुर चलाउने, पदम राई लगायत बहुमत केन्द्रिय सदस्य रहेको एक नेतालेबताए ।
त्यस्तै , जनयुद्धमा अहिले जानु हुदैंन भन्नेमा महासचिव रामबहादुर थापा, प्रवत्ता पम्फा भुसाल, सुर्य सुवेदी, महेश्वर दाहाललगायतका नेताहरु जनयुद्धको जगमा जनबिद्रोह गर्ने पक्षमा रहेको स्रोतले बताएको छ भने अध्यक्ष मोहन बैद्य, सचिव देव गुरुङ, अनिल शर्मा बिरही लगायतका केही नेता अहिले पनि दोधारमा रहेको बताइन्छ ।

Post a Comment

 
Top