' राधेश्याम सर्राफकी नातीनीको विवाहमा भारतीय काला व्यापारीको भिड '
पंकज चौधरी\सुजन पन्त
देश गरीब छ । जनता गरीब छन् । मुलुकको आर्थिक अवस्था जर्जर छ । तर, यही देशमा एउटा पुँजीपती आफ्नी नातीनीको विवाहका लागि दुई अर्बभन्दा बढी रुपैयाँ खर्च गरिरहेको छ । विपन्न मुलुक नेपालको राजधानी काठमाडौंमा दुई दिन यता प्रदर्शन भइरहेको एउटा धनाढ्यको विवाहको तामझामले समग्र नेपालीको उपहास गरिरहेको छ । त्यो धनाढ्यले अर्बौ रुपैयाँ खर्चेर मापदन्डविपरीत भड्किलो विवाह गरिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन छ । बरु, प्रधानमन्त्रीदेखि मन्त्रीहरु सबै कानूनको धज्जी उडाइएको त्यो भोजमा सामेल भइरहेका छन् ।
नेपाली व्यवसायी बिएल शर्माले केही महिनाअघि आफ्नो नातीको ब्रतबन्धमा पार्टी प्यालेसमा आयोजना गरेको भोज भड्किलो भयो भन्दै छापा मार्ने अख्तियारले राजधानीका सारा होटल बुक गरी भारतबाट सयौं पाहुना डाकेर भड्किलो विवाह समारोह गर्ने राधेश्याम सर्राफलाई अहिलेसम्म किन आफ्नो घेरामा लिएन ? किन पक्राउ गरेन ? उनले कसरी यतिका पैसा कमाए ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
यसबाट ‘सानालाई ऐन, ठुलालाई चैन’ भन्ने उखान चरीतार्थ भएको छ । मुलुकमा भारतीय मानिसले हाम्रो ऐन कानूनलाई रद्दीको टोकरीमा मिल्काइरहँदा सरकार उनकै भोजमा रमाइरहेको छ । मापदन्ड विपरीतको भोजमा प्रधानमन्त्री आफै सरीक हुनु मुलुकको राष्ट्रिय अस्मीतामाथिकै गम्भीर आँच हो ।
संदीग्ध खर्च
राजधानीको होटल याक एन्ड यतिका मालीक राधेश्याम सर्राफ आफुलाई नेपाली व्यवसायी दावी गर्छन् । तर, नातीनी नितिशाको विवाहमा भारतबाट उर्लीएका पाहुनाको भिडले नै बताउँछ, उनको दावी नक्कली हो । खासमा उनी भारतीय नागरिक हुन । उनले नेपालमा नक्कली नागरिकता लिएका हुन । नक्कली नागरिकता लिदैमा कोही नेपाली भइहाल्दैन । उनको रग रगमा भारतीय रगत दौडीरहेको प्रमाण विवाह समारोहमा आएका भारतीय पाहुनाले स्पष्ट गर्छन् । विवाह समारोह नेपालमा भए पनि यसको तामझाम हेर्दा भारतकै कुनै भूमिमा भएको जस्तो देखिन्छ ।
नितिशाको विवाह भारतका करण सरावगीसँग होटल ह्यातमा भव्यसँग भयो । यो विवाहमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री अखीलेश यादव, विश्वकै धनाढ्य लक्ष्मी मित्तल र अनील अग्रवाललगायतका भिआइपी पाहुना १० वटा विमान चार्टर गरी नेपाल आए । गरीब देशमा आफुलाई नेपाली हुँ भन्नेले नातीनीको विवाहका लागि गरेको यस्तो तामझामले धेरै प्रश्न खडा गरेको छ । राधेश्याम सर्राफले विवाहका लागि करीब २ अर्ब रुपैयाँ खर्च गरेको बताइन्छ । गरीब मुलुकमा होटल व्यवसाय गरेर सर्राफले विवाहकै लागि यस्तो तामझाम गर्ने रकम कसरी कमाए ?
नक्कली भारुको कारोबार
विश्वस्त सुत्रका अनुसार सर्राफले होटल व्यवसायका आडमा अन्य गैर कानूनी धन्दा पनि चलाउँदै आएका छन् । सर्राफले नक्कली भारुको कारोबार गर्ने गरेको र त्यसको मुख्य अखाडा याक एन्ड यति होटल भएको दावी स्वयं भारतीय सुरक्षा श्रोतले गर्दै आएको छ । नक्कली भारुलाई क्यासीनोमार्फत विभिन्न क्षेत्रमा फैलाउने गरिएको छ । स्मरणरहोस, कतिपय क्यासीनो भारुकै कारोबार गर्ने गर्छन् ।
यसबाहेक सर्राफको हर्कतले स्वयं भारतकै अर्थतन्त्रमा प्रभाव परिरहेको देखिन्छ । सर्राफले नेपालमा क्यासीनोमार्फत भारतका काला व्यापारीको कालो धनलाई बैधता दिन सघाउने गर्छन् । भारतका व्यवसायी आफनो कालो धनलाई नेपालको क्यासीनोमा जितेको भन्दै करसमेत तिरेर वैध बनाउने गर्छन् । कालो धनलाई बैध बनाएबापत सर्राफले भारतका काला व्यापारीबाट अबौंको कमीसन पाउने गर्छन् । त्यही पैसाको तामझाम यसपाली विवाहका देखाएको सुत्र बताउँछ । सर्राफले विवाहका केही नाम चलेका व्यवसायी र नेतालाई डाकेको देखाएर सयौं काला व्यापारीलाई डाकेका हुन । काला व्यापारीका साथमा अवैध चिजहरु पनि नेपाल भित्रिएको हुनसक्ने सुरक्षा श्रोतको आशंका छ ।
विवाहको बहानामा पसे माफिया
याक एन्ड यति पहिलेदेखि नै संदीग्ध मानिसहरुको आवात जावतको केन्द्र बन्दै आएको छ । यसपाली विवाहका बहानामा पनि धेरै त्यस्ता मानिस आएको बताइन्छ । विवाहमा आएका पाहुनालाई अध्यागमनमा दुःख नदिनु, खुरुखुरु छाडिदिनु र सहयोग गर्नुु भन्ने पत्र भारतीय दुतावासबाट लेख्न लगाइयो । भारतबाट महत्वपूर्ण हस्ती आएको भन्दै अध्यागमनले खासै परिक्षण नगरेको बुझिएको छ । १० वटा विमानमा आएका पाहुनामध्ये कतिपय माफिया गिरोहका अपराधी, तस्कर पनि हुनसक्ने आशंका गरिएको छ । अन्र्तराष्ट्रिय गिरोहहरुले यस्तै अवसर र मौकाको आडमा विमानस्थलको अध्यागमन खुकुलो पार्न लगाई मानिस र महत्वपूर्ण सामान यताउता गर्ने गरेका छन् । सर्राफको यो आर्थिक चुरीफुरी हेर्दा उनको अन्र्तराष्ट्रिय माफिया गिरोहसँग सम्बन्ध भएको अनुमान लगाउन सकिन्छ । हैन भने प्रश्न उठछ, एउटा नेपाली होटल व्यवसायीले कसरी दाउद इब्राहीमकी छोरीकोजस्तो भव्य विवाह गर्नसक्छन् ?
होटल याक एन्ड खासै चलेको होटल पनि हैन । किनकी, यसको खाद्य गुणस्तर निकै कमजोर भएको बेला बेलामा रिपोर्ट आउने गरेका छन् । दुई वर्षअघि फागुनमा वाणिज्य विभागको टोलीले छापा मार्दा याक एन्ड यतिमा गुणस्तरहीन र बिना ब्रान्डका खाद्य वस्तुको प्रयोग गर्दै आएको फेला परेको थियो । होटलमा भइरहेका खाद्य पदार्थ वाणिज्य विभागमा दर्ता नभएको समेत भेिटएको थियो ।

Post a Comment