रोगभ्रमको भय
ओम बानियाँ | बिषय: जनस्वास्थ्य
वासना (नाम परिवर्तन) २१ वर्षीया अविवाहित युवती हुन्। विगत पाँच वर्षदेखि उनी पेट दु:खाइ, मुखमा अमिलो पानी आउने तथा काँध र शरीरका विभिन्न अंग दुख्ने रोगबाट पीडित थिइन्। उनलाई चारपाँच दिनसम्म दिसा लाग्दैनथ्यो। कहिले गोटा पर्थ्यो त बेलाबेलामा पखाला लाग्ने गर्थ्यो। खासगरी लामो यात्रा गर्नुपर्दा र परीक्षाको बेलाम उनलाई पखाला लागेर हैरान पार्थ्यो।
गत वर्ष परीक्षाको बेलामा पखाला लागेर चर्को ज्वरो आएपछि उनले बीबीएको एउटा पेपर नै दिन पाइनन्। वासना उपचारका लागि पाँच वर्षदेखि विभिन्न चिकित्सककहाँ धाइरहेकी थिइन्।
प्राय: सबै चिकित्सकले उनलाई अम्लपित्त (हाइपरएसिडिटी)को औषधि खाने सल्लाह दिँदै आएका थिए। त्यसो त उनले आफन्त तथा छिमेकीहरूको सल्लाहमा ग्रहशान्ति र झारफुक पनि गराउँदै आएकी थिइन्। तर, उनको रोग २० को १९ भएको थिएन। उनको स्वास्थ्य झन् बिग्रँदै गयो। अनि त उनी आफूलाई पेटको क्यान्सर नै भएको आशंकाले भयभीत हुन थालिन्।
उनलाई बाहिर निस्कन र रमाइलो गर्न मन लाग्न छोड्यो।
एक दिन उनलाई साथीमार्फत ग्यास्ट्रोइन्टेरोलोजी (पेटरोग)मा एमडी गरेर आएका एक चिकित्सकका बारेमा जानकारी भयो। अनि उनी त्यहाँ पुगिन्। चिकित्सकले रगत तथा दिसापिसाब परीक्षण गर्न लगाए। आफैंले पेटको अल्ट्रासाउन्ड र सोनोग्राफी पनि गरे।
तर, सबै नतिजा सामान्य निस्कियो। त्यो देखेर चिकित्सकले वासनासँग लामो अन्तर्वार्ता लिए। अनि वासनाले सेवन गर्दै आएका सबै औषधि काटिदिए। र, साइकोथेरापिस्टलाई भेट्न सल्लाह दिए। चिकित्सकको परीक्षण र सल्लाहले वासनालाई आफ्नो आधा रोग त्यसै ठीक भयोजस्तो भयो।
वासना अर्को दिन नै साइकोलोजिकल क्लिनिकमा गइन्। कग्निटिभ थेरापीमा विशेषज्ञता हासिल गरेका मनोचिकित्सकले वासनाको राम्रोसँग मनोवैज्ञानिक परीक्षण गरे। मनोवैज्ञानिक परीक्षणपछि वासना मनोवैज्ञानिक रोग, रोगभ्रम (हाइपोकोन्ड्रेसिस)बाट पीडित भएको निदान गरे। र, मनोवैज्ञानिक उपचार सुरु गरे। खानपान र जीवनशैलीको परिवर्तन र १२ चिकित्सा सत्रको उपचारपछि वासना बिलकुल ठीक भइन्।
वासनाले त केही ढिलो भए पनि पुन: स्वस्थ जीवन पाइन्। तर, उनीजस्ता हजारौं नेपाली यस्तै मानसिक रोगको पहाड बोकेर पीडाको जीवन बाँच्न बाध्य छन्।
रोगभ्रम के हो?
रोगभ्रम शारीरिक लक्षणहरू देखाउने मनोवैज्ञानिक रोग हो। यो रोगबाट ग्रस्त व्यक्ति आफूलाई कुनै भयानक रोग लागेको आशंकामा हुन्छ। तर, उसलाई कुनै रोग लागेको हुँदैन।
रोगभ्रम शारीरिक लक्षणहरू देखाउने मनोवैज्ञानिक रोग हो। यो रोगबाट ग्रस्त व्यक्ति आफूलाई कुनै भयानक रोग लागेको आशंकामा हुन्छ। तर, उसलाई कुनै रोग लागेको हुँदैन।
दुश्चिन्ता (एन्जाइटी) तथा मानसिक तनाउका लक्षणहरू र रोगभ्रमका लक्षणहरू मिल्दोजुल्दो हुने भए पनि मानसिक तनाउ र चिन्ता रोगका लक्षणहरू अस्थायी हुन्छन् र बेलाबेलामा रूप बदलेर प्रकट हुन्छन्। तर, यस रोगको लक्षण स्थायी हुन्छ। रोगको आशंका कति गहिरो हुन्छ भने पीडित व्यक्ति एक चिकित्सकदेखि अर्को चिकित्सककहाँ चक्कर लगाइरहन्छन्।
यो मानसिक रोग प्राय: २० देखि ३० वर्षको उमेरमा देखा पर्छ। महिला पुरुष दुवैमा देखिने भए पनि महिलामा केही बढी देखा पर्छ।
लक्षण
पेटमा तनाउ, मुटुको धड्कन बढ्ने, जीउ दुख्ने, कमजोरी, सास फुल्ने, उदासी। यस्ता लक्षण देखा पर्दा आफू कुनै भनायक रोग जस्तै- क्यान्सर, एड्स, अल्सर आदिबाट पीडित भएको आशंका गर्नु। एक डाक्टरदेखि अर्को डाक्टरकहाँ स्वास्थ्य जाँचका लागि धाइरहनु। सामान्य गडबडीलाई पनि बढी महत्त्व दिनु। रिपोर्ट समान्य भए पनि त्यसमा विश्वास नगर्नु। सामान्यत: यो रोगको लक्षण केही महिना वा वर्षभछि हराउँछ। तर, कुनै तनाउ वा समस्या परेमा पुन: देखा पर्नसक्छ।

कारण
सामान्यत: यो रोग यस्ता व्यक्तिलाई हुन्छ, जसको मन कमजोर हुन्छ र शरीरको सानोतिनो कष्ट पनि सहने ताकत हुँदैन। उदाहरणका लागि बढी खाएर पेट फुलेको खण्डमा नै यस्ता मानिसहरू भयभीत हुन्छन्। कतिपय अवस्थामा यस्ता रोगी आफूलाई रोगी सम्झेर भित्रभित्र राहत महसुस गरिरहेका हुनछन्।

त्यो किनभने रोगी बन्दा जीवनमा आइपर्ने अनेक समस्या, कठिनाइ तथा जिम्मेवारीबाट उनीहरू उम्कन सक्छन्। यो रोगको मूल कारण अवचेतन मनमा गढेको क्रोध तथा अपराधबोधजस्ता भावना हुन्। केही मनोवैज्ञानिक यस रोगलाई उदासी (डिप्रेसन)को अर्को रूप मान्छन्।
उपचार
यस रोगको उत्तम चिकित्सा भनेको नै मनोवैज्ञानिक चिकित्साजस्तै कग्निटिभ थेरापी हो। कहिलेकाहीँ रोगको लक्षणअनुसार एन्टिडिप्रेसेन्ट औषधि पनि दिनुपर्ने हुनसक्छ। सन्तुलित भोजन, व्यायाम, विश्राम टेक्निक तथा योगासन आदि पनि यस रोगका लागि फाइदाजनक हुन्छन्।

यस रोगको उपचार मनोवैज्ञानिक वा मनोचिकित्सकबाट गराउनुपर्छ। मनोविज्ञानमा दक्षता हासिल नगरेका चिकित्सकबाट उपचार गराउँदा उनीहरूले रिपोर्ट हेरेर तपाईंलाई केही भएको छैन, बेकारमा टेन्सन नलिनुस् भन्दा यस्ता रोगीको रोग झन् बढ्ने गर्छ।
Post a Comment