0
तस्करको साईकल छोड्न नेताको दवाव

विभु
े काठ तस्करको साईकल, बञ्चरो र काठ छोड्का लागि नेताले वन कर्मचारीलाई दवाव दिएकाछन् ।
 बरामद साईकल,दाउरा र बञ्चरो छोड्न विभिन्न पार्टीका स्थानीय नेता र कार्यकर्ताले दबाव दिईरहेको रेञ्जर बुनिलाल महत्तोले बताए ।

मधुबन रेञ्ज पोष्ट र जैतापुर प्रहरी चौकीको संयूक्त गस्ती टोलीले दश थान साईकल बरामद गरेकोथियो ।
 रेञ्जर बुनिलाल महत्तोले  पसाहा खोला आसपासबाट साईकल,दाउरा र बञ्चरो बरामद गरेको हो ।गस्तीलाई देखेर तस्कर  भागेकाथिए । 
संविधान सभा निर्वाचनका क्रममा कर्मचारी परिचालन हु“दा बढ्न सक्ने वन तस्करी रोक्न नियमित गस्ती गरीने महत्तोले बताए ।  र्


 वर्ष दिनको कमाई २० किलो धान
विभु
काम गरेर पनि ज्याला को लागि बाराको ग्रामीण भेगका हजाम समुदायले एक वर्ष सम्म पर्खिनु पर्छ ।
उनीहरुले वर्ष भरी काम गरेर एक मुष्ट ज्याला पाउने गर्छन् । जिल्लाका अधिका“श गाउ“मा वर्ष भरी काम गरेर एक पटक ज्याला पाउने  हजाम अझै पाईन्छन् ।
बारा उत्तर झिटकैया १ र २ का हजामले गाउलेहरुको वर्ष दिन कपाल, दाढी र नङ काटे वापत वर्षमा प्रति घर परिवारबाट चार पसेरी धान पाउछन् ।
 पुर्खाले निर्धारण गरेको वर्ष भरीको ज्याला २० किलो धानमा चित बुझाउनु परेको अदित ठाकुरले बताए ।
 शहर बजारमा सैलुन सञ्चालन गरेर बसेका हजामहरु व्यवस्थित भए पनि गाउ“घरमा भने पिर्कामा बसाएर काट्ने परम्पराले निरन्तरता पाउ“दै आएकोछ ।
 हाम्रो मजदुरी बढाउन न गाउलेले नै सोच्छन्  न सम्बिन्धित निकायले नै बोल्छन् उनले गुनासो गरे ।
गाउ“मा काम गरेवापत  प्रत्येक वर्षको असोज अन्तिम  देखि मंसिर महिना सम्ममा मजदुरी पाउछन् ।
गाउ“मा करीब सा“ढे पा“च सय घर परिवार हजाम रहेको समाजिक सहजकर्ता मनोज गुप्ताले जानकारी दिए ।
उनीहरुले चार पसेरी धान (२० किलो) मजदुरी वापत पाउछन् । प्राप्त धान साहुलाई  बेचेर उनीहरुले वर्षमा तीन सय ८० रुपैया“ नगद आम्दानी बनाउछन् ।
महंगीले आकाश छोएको बेला झिनो कमाईले कसरी परिवार चलाउन हम्मे हम्मे परेको उनीहरुको भनाईछ । रुढीवादी सोचकै कारण गाउ“मा श्रमिक शोषण हुने गरेको जानकारी उनीहरुलाई भएपनि बोल्न सक्तैनन् ।
गाउमा हुने गरेको सार्वजनिक तथा व्यक्तिगत धार्मिक काम गरेवापत पंडित लगायत हजाम परिवारले समेत दक्षिणा पाउ“छन् र दक्षिणाबाट पारिवारको गुजारा चलाउदै आएकाछन्  ।
कुनै बढी खर्च लाग्ने रोग लागेको खण्डमा साहुसंग ऋण नै लिनु पर्छ अदितले भने । हामी जस्तो परिवारलाई सरकारबाट त कुनै सहयोगको कार्यक्रम नै आउदैन की क्या हो उनले प्रश्न गरे ।
रेडियो टिभीमा त गरीव विकासको लागि धेरै रकम छुटयाएको सुनिन्छ । तर, त्यो कुरैमा सीमित भएकोमा असन्तोष व्यक्त गर्छन् । 
ठाकुरले भने– हाम्रो मजदुरी त किसानमा भर पर्छ ।उनीहरुको आम्दानी बढे पो हाम्रो आम्दानी बढ्छ । किसानको लागी सरकारले मल, डिजेल लगायतमा कुनै सुविधा नदिएकोले खेतीबाट खासै आम्दानी नहु“दा उनीहरुलाई कसरी भन्ने  तलब बढाई दिनुस् न  ।
मजदुरले तलब वृद्धी गर्न व्यवस्थापन समक्ष आन्दोलन गर्छन्, हामी को संग आन्दोलन गर्ने उनले प्रश्न गरे ।
 सरकार तथा राजनितिक दलले पिछडिएका गरीबको लागि केही गर्न नसकेको कलैया निवासी राजनितिक विश्लेषक उमेशलाल दास बताउ“छन् ।
 पछाडि पारिएका समुदायको उत्थानको लागि न स्थानीय प्रशासन, न पत्रकार, न नेता कसैलेपनि  पहल गरेको देखिदैन उनले भने –निमुखाको आवाज पत्रकारले उठाई दिनु पर्छ ।
सरकारले गरीब, पिछडिएकाको नाममा प्रत्येक वर्ष छुट्टयाउने गरेको रकम राजनीतिक दलको नेता कार्यकर्ता र कर्मचारीले मिलेर कुम्याई दिने गरेको पत्रकार महासंघ बाराका उपाध्यक्ष राकेश पाण्डेयले बताए ।

गरीव, पिछडिएकाहरुको लागि छुट्टयाईएको रकम कहा खर्च भयो ? त्यसको अनुगमन सम्बन्धित निकायबाट नहुद“ा यस्तो अवस्था सृजना हुन गएको उनको ठम्याई छ । उनले भने –जसको लागि बजेट आउछ उ जहा को त्यही रहन्छ तर नेता र कर्मचारी मोटाउ“छन् ।  

Post a Comment

 
Top