- दिलमान बुढा
शुसील यतिबेला काँग्रेसका नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह, रामशरण महत, दिपकुमार उपाध्यायदेखी सुजाता कोइरालासम्मको घेरामा छन् ।
भारतसँग तालमेल मिलाउन भन्दै आफैले महामन्त्री बनाएका कृष्ण सिटौलाले नयाँ सरकारमा उपप्रधान तथा गृहमन्त्री दावी गरेका छन् । भारतले खासै नपत्याएका शुसीललाई प्रधानमन्त्री बनाउन र भारतलाई मनाउन आफुले विशेष भूमिका निर्वाह गरेकाले उप र गृह पाउनुपर्ने अन्यथा भारतले ६ महिनामै सरकार ढालीदिनसक्ने संकेत कृष्ण सिटालाले दिइसकेका छन् ।
डा. रामशरण महतले हालै मात्र चोर औंलो तेस्र्याउँदै वैठकमै भनेका छन्, ‘पार्टी सभापति सरकारमा गएपछि काँग्रेसकै इज्जत र प्रतिष्ठाको प्रश्न आउँछ । विदेशी मुलुकसँग सम्बन्ध बढाएर माओवादीले फैलाएका भ्रम चिर्न र वैदेशीक सहयोग भित्रयाएर जनतालाई विभिन्न प्याकेज कार्यक्रममार्फत राहत दिनुपर्ने हुन्छ । संविधान बनेन भने पनि लोक कल्याणकारी काम गरेर काँग्रेसको सरकारलाई जनतामाझ लोकप्रिय बनाइरहनुपर्ने हुन्छ । त्यस कामका लागि योग्य र विदेशी सहयोग भित्रयाउनसक्ने खालको मानिसलाई शुसील दाईको सहयोगी बनाउनुपर्छ ।’ बैठकमा खुलेर आफनो नाम नभने पनि उनले एकान्तमा सभापतिसमक्ष आफूलाई उपप्रधान तथा अर्थ मन्त्री बनाउनुपर्ने माग राखिसकेका छन् ।
डा. महत अमेरिकी लवीसँग नजिक छन् भने कृष्ण सिटौला भारतीय लवीसँग । उपप्रधानमन्त्री बन्न सिटौला र महतको रस्साकस्सीलाई दुई शक्तिकेन्द्रहरुको टकरावका रुपमा पनि हेरिएको छ । काँग्रेसमा प्रजातन्त्र आए यता भारत र अमेरीकासँग निकट नेताहरुकै उन्नती प्रगती भएको देखिन्छ । अहिले भने अमेरीका र भारतलाई चित्त बुझाएर शीक्त सन्तुलन गर्न सुसीललाई हम्मे हम्मे पर्ने देखिन्छ । किनकी, काँग्रेसको नेतृत्वमा सरकार बनेमा एउटा उपप्रधानमन्त्री पद अर्को दललाई दिनुपर्ने हुन्छ । एउटै पार्टीबाट दुईजना उपप्रधानमन्त्री बनाउनु सोभनीय हुँदैन ।
उपप्रधानमन्त्रीको यो दौडमा अर्का नेता प्रकाशमान सिंह पनि लागेका छन् । संसदीय दलमा शुसील कोइरालालाई जिताउन आफुले पनि ‘भाइटल रोल प्ले’ गरेको गणेशमान सिंह पुत्र प्रकाशले बताउँदै आएका छन् । ‘मैले नै क्यारे, रामचन्द्रजीलाई मनाएर सुशील र्दाइको पक्षमा बहुमत आउने बातावरण ल्याएँ । रामचन्द्र दाईलाई मनाउने काम मैले नै गरें । हैन भने क्यारे, उहाँ हार्ने अवस्था पनि हुन्थ्यो । देउवाजी पनि मानें, त्यत्रो ७९ सभासद बोकेर बसेका थिए । रामचन्द्र दाईको भाइटल रोलका कारण सशसील दाईले जित्या हो । यो गुन सभापतिले भुल्न मिल्दैन’, प्रकाशमानले आफू निकटका कार्यकर्ता माझ भन्न थालेका छन् ।
त्यसैगरी गिरीजा पुत्री सुजाता कोइराला पनि के कम ? हालै मात्र पार्टीका शिर्ष नेताहरु बसिरहेकी ठाउँमा हस्याङ फस्याङ गर्दै गएर उनले भनीन, ‘हेर्नुहोला, गिरीजाबाबुको हिस्ट्रीको पनि ख्याल गर्नुहोला । महिला सहभागीताको पनि ख्याल गर्नुहोला । गिरीजाबाबु हुनुहुन्न भन्दैमा यो पार्टीमा जसलाई जे मन लाग्यो त्यही गर्ने हैन । लिग्यासीको पनि कुरा हुन्छ । काँग्रेस भनेको जोक हैन ।’ सुजाताले आफुलाई उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री दावी गरेकी छीन । ‘मलाई बाइपास गरिएमा ठिक हुनेछैन । गिरिजाबाबुका कार्यकर्ता चुप लागेर बस्नेवाला छैनन, बबाल हुनसक्छ’ भन्दै सुजाता बम्कीएर तत्काल आफनो बाटो लागीन । सुजाता गएपछि डा. रामशरणले भने, ‘पँधेर्नी गफ गर्नेंहरुको कुरा छाडीदिउँ । अब नयाँ कार्यदिशाबारे छलफलमा जुटौं ।’ स्मरणीय छ, डा. महतले नै केहीवर्ष पहिले सुजातालाई ‘पँधेर्नी गफ गर्दै हिंडने’भन्दै आरोप लगाएका थिए ।
सुशील कोइरालाले थेग्नुपर्ने चाप र दबाब यति मात्र हैन । आनन्द ढुंगाना ‘आँ…’ गरेर बसेका छन् । उनी त सुसीलका हनुमान नै भए । शेखर कोइरालाको आफनै गुनासो छ । उनले सुजातालाई समानुपातीक सभासद बनाउनै हुन्न भनेका थिए । सभापतिले बनाएपछि उनी ठुस्स छन् । देउवा क्याम्प छाडेर आएका नवप्रवेशी मिनेन्द्र रिजालको चलखेल हुने नै भयो । यी धुर्त, चलाख, रंगीला, रसीक र भोग विलासप्रेमी मिनेन्द्र पनि सुशील दाईलाई फकाएर दरिलै मन्त्रालय पाइन्छ की भनेर ‘झर्ला र खाउँला’को पोजिसनमा छन् ।
सुशील दाईले कसको कुरा सुन्ने कसको नसुन्ने । त्यसमाथि ७९ जना सभासदको ढिक्कै लिएर शेरबहादुर देउवा भन्दैछन्, ‘खबरदार, हाम्रा मानिस छुट्नु हुन्न । भन्देखीनलाई सरकारमा हाम्रो चित्त बुझ्दो सहभागीता भएन भने हामी पार्टीभित्रै प्रतिपक्षी हुने हो । सरकारमा जाँदैनौ, मन्त्री पनि हुन्नौ ।’
Post a Comment